ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेको महाभारत जङ्गलमा आगलागी : हेलिकोप्टरको प्रयोग गरे पनि अझै निभेन


एबीसी न्यूज

काठमाडौं १२ माघ । काभ्रेको महाभारत जङ्गलमा लागेको आगो निभाउन हेलिकोप्टरको प्रयोग गरे पनि अझै निभेको छैन ।

गृह मन्त्रालयले पठाएको हेलिकोप्टरमार्फत हिजो २४ हजार लिटर पानी आगोलागी भएको क्षेत्रमा खन्याउँदा पनि आगो नियन्त्रणमा आउन नसकेको हो । अहिले पनि जङ्गलमा आगो बलिरहेको छ ।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बस्ती नजिक रहेको रमितेडाँडा, ज्वानेथुम्कोलगायतका क्षेत्रमा भने आगो नियन्त्रण भएको बताउनुभयो । गएको मङ्गलवार दिउँसो डढेलो शुरू भएको हो ।

अध्यक्ष अधिकारीले महाभारतको घना जङ्गलमा डढेलो लागेकाले यसको नियन्त्रण गर्न कठिनाइ भएकाले मन्त्रालयबाट हेलिकप्टरको सहायता मागिएको बताउनुभयो । उहाँका अनुसार वडा नम्बर २ गुवाभञ्ज्याङ पार्कमा निर्माण गरिएको पोखरीबाट पानी बोकेर हेलिकप्टरले महाभारतको सेतीभिर क्षेत्रको जङ्गलमा लागेको डढेलोमा खन्याइएको हो ।

डिभिजन वन कार्यालय काभ्रेका अनुसार एक सय हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ । बेचानचोक र महाभारत गाउँपालिकाको सीमामा रहेको महाभारत जङ्गलमा फैलिएको डढेलोले अरु वन क्षेत्रसमेत जोखिममा रहेको भन्दै बेथानचोक गाउँपालिकाले पर्यटकलाई वन क्षेत्रमा जान रोक लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीले टिकट बन्चित गरेका नेताहरु को को हुन् ?

टिकट, सत्ता र लोकतान्त्रिक अभ्यासको यस्तो कन्तविजोग !(तालिकामा)

सम्बन्धित

ओलीले टिकट बन्चित गरेका नेताहरु को को हुन् ?

टिकट, सत्ता र लोकतान्त्रिक अभ्यासको यस्तो कन्तविजोग !(तालिकामा)

एमाले: ईश्वर पोखरेल पक्षका कसलाई कसरी पन्छ्याइयो ?अधिकांश क्षेत्रमा अन्तिम निर्णय अध्यक्षमै सीमित (सूची)

एमालेमा ओलीको एकलौटी: को कता पुगे, नयाँमा कस्ताले टिकट पाए ? (सूची)

एमाले: ओलीको एकलौटी निर्णय, इतर समूहलाई पन्छ्याइयो (सूचीसहित)

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com