भक्तपुर, २४ साउन । साउन शुक्ल चतुर्दशी दिन मनाइने गँठेमंगल अर्थात घण्टाकर्णको अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन् । आजको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध ...