ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढयो सूर्यगढीमा बङ्गुरपालनप्रतिको आकर्षण


bhawani desk

नुवाकोट, २३ साउन । सूर्यगढी गाउँपालिकाका किसान बङ्गुरपालनमा आकर्षित हुन थालेका छन् । सूर्यगढी गाउँपालिका–३ फलाँटेमा किसान अचेल बङ्गुरपालनमा आकर्षित भएका हुन् ।

बङ्गुर भन्ने बित्तिकै दलित समुदायले मात्रै पाल्ने भन्ने परम्परालाई यहाँका गैरदलित समुदायका किसानले पनि पालेर आम्दानी गर्न थालेको अग्रसर कृषि सहकारी संस्थाका अध्यक्ष निशा अधिकारीले बताउनुभयो ।

किसानमा बङ्गुरपालनमा आकर्षित गराउन सहकारीले डेढ वर्ष अघि १२० सदस्यलाई बङ्गुरको पाठा उपलब्ध गराएको छ । प्रतिकृषक दुई÷दुई वटा पाठा उपलब्ध गराइएको थियो । बङ्गुरको प्रजनन र मासुका लागि बिक्रीबाट यहाँका कृषकको आयस्तर राम्रो बन्दै गएको हो ।

महिलाको आर्थिक स्थिति सुर्धानको लागि शुरु भएको यो अभियानले सिँगै परिवार र समुदाय नै बङ्गुरपालनमा आकर्षित भएपछि आर्थिक अवस्थालाई टेवा पुग्न थालेको सहकारीका अध्यक्ष अधिकारीले बताउनुभयो ।

पालेको पाँच महिनामा नै प्रतिबङ्गुर रु ३५ हजारभन्दा बढी आर्जन हुन थालेपछि किसानले सहकारीले दिएकामा थप बङ्गुरका पाठा राखेर पालन गर्न थालेका छन् । अहिले यहाँमा १८० जना किसानले बङ्गुर पाल्न थालेका छन् । नुवाकोट र रसुवामा विभिन्न आयोजनाका लागि कार्यरत चिनियाँ नागरिकका कारण अहिले यहाँको बङ्गुरको भाउ पनि बढेको र मासु खपत भएको स्थानीय किसान कृष्णमान तामाङले बताउनुभयो ।

चिनियाँले बङ्गुरको मासु रुचाउने र त्यसको माग भएपछि त्रिशूलीदेखिका मासु व्यापारी फलाँटेसम्म बङ्गुर खरीदका लागि आउने गरेका छन् । प्रतिकेजी यहाँका कृषकले व्यापारीलाई खोरबाटै रु २८० मा बङ्गुर बिक्री गरिरहेको किसान तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com