ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा ४९ तोला सुन चोरी गर्ने महिला पक्राउ


एबीसी न्यूज

चितवन ,२३ साउन । चितवन प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिकाको विभिन्न स्थानबाट ४९ तोला भन्दा बढी सुन चोरीगर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुरको ४ वटा घरबाट ६२ लाख भन्दा बढी मुल्य बराबरको सुनचाँदी चोरी गर्ने मकवानपुर जिल्लाको थाहा नगरपालिका ७ स्थायी घर भएर नवलपुर जिल्लाको गैडाँकोट नगरपालिका २ मा थकाली भान्सा घर संचालन गरि बस्ने सरिता भनीने शोभा बि क लाई प्र्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज बुधवार पत्रकार सम्मेलन गरि सुनचाँदी चोरी गर्ने शोभा बि.क. र उनको साथबाट बरामद भएको चोरी गर्दा प्रयोग हुने औजारहरु सार्वजनिक गरेको हो ।

पछिल्लो ६ महिनामा शोभाले विभिन्न स्थानमा दिउँसोको समयमा चोरी गरेको प्रहरीले जनाएको छ । उनले दिउँसोको समयमा घरमा कोहि नभएको मौका पारेर चोरी गर्ने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले जानकारी दिए ।

घरहरुमा चोरी गर्दै गरेको सिसि क्यामराको फुटेजको आधारमा उनलाई पक्राउ गर्न सफल भएको राठौरले बताए ।
पछिल्लो समय चोरीको घटनामा बृद्धि भएकाले प्रहरीकोे बिशेष टोली परिचालन गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय भएका अन्य चोरीको घटनामा संलग्नहरुलाई पनि पक्राउ गरि कारबाहीको दायरामा ल्याइएको र सहकारी संस्थाहरुमा चोरी गर्नेहरु पनि केहिदिनमा नै पक्राउ पर्ने प्रहरी उपरिक्षक राठौरले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com