ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुनःनिर्माणका लागि जिल्लामा ५३८ लाभग्राही थप


bhawani desk

ललितपुर, २३ साउन । भूकम्पपछिको पुनःनिर्माणका लागि जिल्लामा ५३८ लाभग्राही थप भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दोस्रो सम्झौता गर्ने मिति सकिँदै गर्दा नयाँ लाभग्राही थप गरेको हो । कतिपय लाभग्राही प्रबलीकरणबाट पुनःनिर्माणमा आएका र कतिपय नयाँ लाभग्राही पहिचान भएका छन् ।

प्राधिकरण सूचना प्रणाली व्यवस्थापनविज्ञ राकेश महर्जन भन्नुहुन्छ, “पहिले लाभग्राहीको सूचीमा नपरेका लाभग्राही गुनासो भरेर अहिले पर्नुभएको हो ।” थप भएका लाभग्राहीको अनुदान सम्झौता र पहिलो किस्ता लिने प्रक्रिया अघि बढेको छ ।

पाँच लाभग्राही प्रबलीकरणबाट पुनःनिर्माणमा आएका छन् । यसअघि ६६७ जना प्रबलीकरणका लाभग्राही थिए । उनीहरुमध्ये धेरै पुनःनिर्माणको लाभग्राही सूचीमा पर्न लागिपरेका छन् ।

विसं २०७२ मा भूकम्पलगत्तै सरकारले क र ख वर्गमा गरेर पुनःनिर्माण र सबलीकरणका लाभग्राही पहिचान गरेको थियो । उहाँले भन्नुभयो, “त्यसयता पनि गुनासोबाट लाभग्राही थप भइरहेका छन् ।”

भूकम्प गएको तीन वर्ष नाघिसक्दा समेत जिल्लामा निजी आवास निर्माण निकै सुस्त गतिमा अघि बढेको छ । अहिलेसम्म जम्मा १४ प्रतिशत लाभग्राहीले मात्रै तेस्रो किस्ता बुझेका छन् ।

दोस्रो किस्ता बुझ्ने लाभग्राही २८ प्रतिशत र पहिलो किस्ता लिने लाभग्राही ९८ प्रतिशत छन् । उहाँ भन्नुहुन्छ, “कतिसँग नयाँ सम्झौता हुँदै भएकाले जिल्लामा निजी आवास सम्पन्न गर्न समय लाग्नेछ ।” प्राधिकरणले दोस्रो सम्झौताका लागि असार मसान्त र तेस्रो सम्झौता गर्न आगामी पुस मसान्तसम्मको अवधि तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com