नवलपुर । बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालनमा आएको छ । सडकखण्डअन्तर्गत नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट थुम्सीस्थित तेइस स्मृति पुलको डाइभर्सन बिहीबार राति बगाउँदा पूर्णरूपमा अवरुद्ध भएको सो सडकखण्ड आजदेखि एकतर्फी सञ्चालनमा आएको हो । तेइस स्मृति पुलको डाइभर्सन बगाएको ठाउँमा ह्युमपाइप, माटो, ...