ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहको बेथिती, चुलो खरिदमा अनियमितता !


एबीसी / संवाददाता

जाजरकोट । पूर्ण जातीय छुवाछुतमुक्त अभियान’अन्तर्गत भेरी नगरपालिका–११ कटी गाउँस्थित दलित बस्तीमा वितरण गरिएका धुवाँरहित चुलो खरिदमा अनियमितता भएको बताइएको छ ।

कमसल खालका चुलो वितरण गरेर बढी बिल पेश गरी अनियमितता गरेको स्थानीयवासीको गुनासो छ । धुवाँरहित आधुनिक फलामे चुलो वितरण गर्ने भनि सम्झौता गरिए पनि टिनको कमसल खालको चुलोे वितरण गरिएको स्थानीयवासी दलबहादुर कामीले बताउनुभयो । उहाँले आफूले लिएको चुलो एक दिन मात्र प्रयोग गरेर थन्क्याएको उल्लेख गर्दै टिनको चुलो भएकाले बाल्नेबित्तिकै निकै तातिने र वल्डिङ गरेको ठाँउबाट टुट्ने समस्या भएपछि चुलो प्रयोग गर्न छोडेको बताउनुभयो । उहाँले चौरजहारीमा एक हजार ७०० पर्ने चुलोलाई सुर्खेतबाट १० हजारमा ल्याएको नक्कली बिल पेश गरेर आफूहरुलाई ठगी गरेको आरोप लगानुभयो ।

नगरपालिकाले चुलो खरिद र वितरणका लागि कटिगाउँ कृषक समूहसँग सम्झौता गरी जिम्मा दिएको थियो । समूहमा नरबहादुर ऐर कामी अध्यक्ष, वीरमान वर कामी सचिव र मित्रकली वर कामी कोषाध्यक्ष छन् । तर चुलो कति रकममा खरिद गरियो भन्ने कुरा समितिका पदाधिकारीसमेत अनभिज्ञ छन् । समितिका अध्यक्ष नरबहादुरले आफूलाई फसाइएको बताउनुभयो । “सस्तोमा खरिद गरेर समितिका पदाधिकारीलाई समेत गुमराहमा राखेर लाटासोझा मान्छेलाई ठग्ने कार्य भयो । यसमा मेरो पनि चित्त बुझेको छैन”, उहाँले भन्नुभयो । उहाँका अनुसार कोषाध्यक्षका श्रीमान् अमृत वर कामीले नै १३८ चुलो खरिद गरेर ल्याएका हुन् । विश्वासका आधारमा खाली चेकमा हस्ताक्षर गरेर आफूहरुले अमृतलाई दिएको र उनैले सुर्खेतबाट चुलो किनेर ल्याएका हुन् ।

अध्यक्ष नरबहादुरले नगरपालिकाबाट रु १३ लाख ५६ हजार निकासा भएकामा सम्झौताअनुसार अनुगमन र केही चुलो खरिदका लागि रु दुई लाख ५० हजार नगरपालिकालाई दिएको बताउनुभयो । त्यस रकमबाट २० वटा चुलो किनेर उपलब्ध गराएको उहाँले बताउनुभयो । नगरले उपलब्ध गराएका चुलो राम्रो भएको तर समितिले खरिद गरेका चुलो निकै कमसल भएको उहाँको भनाइ छ । नगरपालिकाले दिएका चुलो राम्रो भएको र समितिले दिएको चुलो कमसल भएपछि गाउँमा विरोध भएको अध्यक्ष नरबहादुरले स्वीकार गर्नुभयो ।

नगरपालिकाले दिएका २० चुलो राम्रो भएपछि खोसाखोस परेको थियो । जसले सक्यो उसैले लियो । पछि जानेले कमसल चुलो पाए स्थानीयवासीको भनाइ छ । कोषाध्यक्षका श्रीमान् अमृतले विपन्नलाई चुलो कार्यक्रमका लागि आफूले पहल गरेको तर खरिदमा आफ्नो संलग्नता नभएको दाबी गर्नुभयो । “चुलो खरिद कहाँबाट भयो कसरी भयो मलाई केही जानकारी छैन”, उहाँले भन्नुभयो । भेरी नगरपालिका–११ का वडाध्यक्ष लक्ष्मीप्रसाद आचार्यले पनि चुलो राम्रो नआएको भन्दै स्थानीयवासीले गुनासो गरिरहेको बताउनुभयो ।

समितिका अनुसार नगरपालिकालाई चुलो खरिद र अनुगमनका लागि दिएको रु दुई लाख ५० हजार कटाएर बचेको रकमबाट १३८ चुलो रारा इञ्जिनीयर वर्कसप कम्पनी सुर्खेतबाट खरिद गरिएको थियो । एउटा चुलोको कम्तीमा आठ हजार बढी नै परेको देखिन्छ । जुन बजार मूल्यकोभन्दा निकै बढी हो । समितिका अध्यक्ष नरबहादुरले चित्त नबुझेर कम्पनीका धनबहादुर बुढालाई सम्पर्क गर्दा म के भनौँ साथीहरु उतै कुरा मिलाउहोस् भनेको बताउनुभयो ।

नगरपालिकाबाट पूर्ण जातीय छुवाछुतमुक्त अभियानअन्तर्गतको रु १४ लाख ७५ हजार रकम आर्थिक वर्षको अन्त्यमा आएको हुँदा यसलाई फ्रिज गर्नुभन्दा दलित बस्तीमा चुलो वितरण गरौँ भन्ने असल मनसायले कटिगाउँमा रहेको कटिगाउँ कृषक समूहका नाममा गत असार ११ गते सम्झौता गरी रकम निकासा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिश शाहले बताउनुभयो ।
उहाँले रकमसमेत समूहका नाममा निकासा दिइएको र खरिदसमेत उनीहरुले नै गरेकाले यसमा नगरपालिकाको संलग्नता नरहेको बताउनुभयो । गुनासो आएकाले यस सम्बन्धमा के भएको हो आवश्यक छानविन गर्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com