ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैँडाकोटमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा


एबीसी / संवाददाता
भाद्र १२, २०७८ शनिबार  ७ : २५ बजे

नवलपुर । बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालनमा आएको छ । सडकखण्डअन्तर्गत नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट थुम्सीस्थित तेइस स्मृति पुलको डाइभर्सन बिहीबार राति बगाउँदा पूर्णरूपमा अवरुद्ध भएको सो सडकखण्ड आजदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

तेइस स्मृति पुलको डाइभर्सन बगाएको ठाउँमा ह्युमपाइप, माटो, गिट्टी राखेर पुनः डाइभर्सन निर्माण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । शुक्रबार रातिदेखि नै ह्युमपाइप राखेर सडक सञ्चालनको तयारी गरिएको भए पनि आज मात्रै सवारी साधन सञ्चालनमा ल्याउन सकिएको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो । सडकमा सवारी साधनको चाप बढी भएको र पानी पर्नसमेत नरोकिएकाले एकतर्फी नै भए पनि सवारी साधन सञ्चालन गरिएको खनालले बताउनुभयो ।

यसअघि असारको १६ गतेसमेत सोही स्थानको डाइभर्सन बगाउँदा २८ घण्टासम्म सवारी साधन पूर्णरूपमा अवरुद्ध भएको थियो । विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडकको थुम्सी क्षेत्रमा पक्की पुल निर्माण गर्नका लागि सडकमा डाइभर्सन निर्माण गरेर सवारी साधन सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com