काठमाडौं १० साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको भन्दै त्रास व्यक्त गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरू बुनिँदै छन् भन्ने कुरा पनि सुन्नमा आएको बताएका हुन्। ...