एकअर्कालाई आमनेसामने बनाउने भएकैले आजको एक्लो र कृत्रिम विश्वमा ‘पाक कूटनीति’ प्रभावकारी बनिरहेको छ। यसलाई बेवास्ता गर्नुभन्दा स्विकार्नु उपयुक्त हुन्छ। शताब्दीयौंदेखि मानिसहरू अन्नकै कारण जोडिने र राजनीतिक उद्देश्यका लागि खानाको प्रयोग गर्ने गरेका छन्। यसका केही विशेष कारण छन्। विगतमा डाइनिङ टेबललाई तटस्थ स्थानका रूपमा लिइन्थ्यो। हातहतियार ...