ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेलिभिजनको इतिहास र अहिलेको अबस्था


ABC NEWS

विश्वमा सन् १९२० को दशकमा टेलिभिजनको विकास क्रम शुरु भएको हो । तर पनि नयाँ प्रबिधि र यस सम्बन्धी पर्याप्त ज्ञानको अभावले गर्दा यसको विकास र विस्तारमा धेरै ढिला हुन पुग्यो । दोस्रो विश्वयुद्धको सेरोफेरोसम्म आइपुग्दा टेलिभिजनको आवश्यकता र महत्वमा वृद्धि भयो । सन् १९३६ मा बिबिसीले नियमित प्रसारण शुरु गरेपछि मात्र टेलिभिजन सर्वसुलभ रुपमा उपलब्ध भएको हो । यस पछि लगत्तै सन् १९३९ मा अमेरिकामा नियमित रुपमा टेलिभिजन प्रसारण हुन थाल्यो । श्यामस्वेत आकृति हुनुका साथै प्रबिधि पनि महंगो भएता पनि श्रब्य र दृष्य एउटैबाट देखिने भएकाले यो माध्यमले छिटै नै धेरैलाई आर्कषण गर्न सफल भयो । भनिन्छ, त्यो समयमा टेलिभिजनको मूल्य अमेरिकी बजारमा एउटा कारको भन्दा आधा मूल्य थियो ।
सन् १९५० को दशकसम्म आइपुग्दा अमेरिकामा टेलिभिजन माध्यम निकै लोकप्रिय माध्यमको रुपमा स्थापित भैसकेको थियो । दोस्रो विश्वयुद्धको समाप्ति पश्चात् अमेरिकी सरकारले रिसिभर राख्न लगाएको प्रतिबन्ध पनि हटाएर सर्वसाधारणका लागि समेत टेलिभिजन खुला ग¥यो । अमेरिकी सरकारको यो निर्णयले गर्दा अमेरिकाभर टेलिभिजनमार्फत खुला रुपमा सन्देश फैलने मौका पायो । यो अबधिमा अमेरिकामा मात्र दशलाख रिसिभर सेट प्रयोगमा आईसकेको थिए ।

अन्तरदेशीय कार्यक्रम शुरु
सन् १९५० अगष्ट २७ तारिखमा बेलायत र फ्रान्सबीच टेलिभिजन कार्यक्रम आदानप्रदान सम्बन्धी औपचारिक रुपमा सम्झौता भयो । यसपछि भने टेलिभिजनको इतिहासमा अन्तरदेशीय कार्यक्रमको आदानप्रदान शुरुआत भयो । श्रब्य र दृश्य एकैसाथ प्रस्तुत हुने नयाँ माध्यम भएकाले त्यस बेलाका अन्य संचारमाध्यमको तुलनामा टेलिभिजनले जनताको बोलिचालीदेखि लिएर बानी ब्यहोरामा समेत निकै प्रभाव पा¥यो । टेलिभिजनको यही लोकप्रियता दखेर नै म्याक लुहान (ःबअ ीगजबल० जस्ता संचारका बिद्धानले ‘माध्यम नै सन्देश हो’ भन्ने अभिब्यक्ति दिएका हुन् ।
सन् १९६० को दशकमा आइपुग्दा टेलिभिजन माध्यमको प्रभावकारिता र यसले समाजमा पार्ने प्रभावका बारेमा बिभिन्न अध्ययन तथा अनुषन्धानहरु हुन थालिसकेका थिए । यसको विकासको क्रममा क्षेत्रीय तथा अन्तरद्वीपीय सम्र्पक स्थापित भई विश्वका ६० भन्दा बढी मुलुकका एक अर्ब मानिसले टेलिभिजन हेर्नै सुविधा पाइसकेका थिए । यसकारण ती मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रभाव पर्न थालिसकेको थियो ।
एशियाली मुलुकमा टेलिभिजन
युरोप र अमेरिकामा यस माध्यमको ब्यापकता भएता पनि एशियाली मुलुकमा भने यसको बिस्तार निकै सुस्त गतिमा अघि बढेको थियो । दक्षिण एशियामै पहिलो पटक भारतमा सन् १९६५ मा टेलिभिजनको शुरुवात हुन पुग्यो । सन् १९८२ मा एशियाली खेलकुदको प्रसारण शुरु हुँदा मात्र भारतमा रङ्गीन टेलिभिजनको शुरुवात हुन पुग्यो ।
सन् १९७० को दशकमा रङ्गीन टेलिभिजनको आविष्कारले गर्दा यसमा थप अनुसन्धान र विकासको क्रम बढ्न थाल्यो । सन् १९८० को दशकमा नै अमेरिकामा केबुल टेलिभिजनबाट कार्यक्रम प्रसारण शुरु भइ सकेको थियो ।

यसरी विश्व परिप्रेक्ष्यमा टेलिभिजनको शुरुवात र बिस्तार ब्यापक भैसक्दा पनि नेपालमा टेलिभिजनको शुरुवात हुन सकेको थिएन । अमेरिकामा केवुल टेलिभिजनले ब्यापक लोकप्रियता हासिल गरेको पाँच वर्षपछि अर्थात सन् १९८४ मा मात्र नेपालमा टेलिभिजनको शुरुवात भएको हो ।

नेपालमा टेलिभिजनको विकासक्रम

विसं. २०३८ सालमा श्री ५ बाट तत्कालिन राष्ट्रिय पञ्चायतमा सम्बोधन गर्दा नेपालमा टेलिभिजनको आवश्यकता र स्थापना गर्नेतर्फ पहल गर्ने कुरा सम्बोधन भएको थियो । तत्कालिन समयमा भारतमा टेलिभिजनको बढ्दो लोकप्रियतासँगै राजधानीका केही हुने खाने मानिसहरुले भारतको दूरदर्शन हेर्न थालिसकेकका थिए । त्यसैले भारतीय संस्कृति भाषा र जीवनशैलिको प्रभाव पर्न गई सांस्कृतिक अतिक्रमण हुन सक्ने सम्भावना भएका कारण पनि नेपालमा टेलिभिजनको आवश्यकता टड्कारो रुपमा रहेको थियो ।

अर्काे तर्फ यही समयमा नेपाली बजारमा सजिलै उपलब्ध हुन थालेको भिसिआरले गर्दा हुने खाने वर्गहरु घरमै बसेर बिदेशी सिनेमा हेर्न थालिसकेका थिए । त्यती मात्र नभई काठमाडांैका मखन, इन्द्रचोक जस्ता ठाउँहरुमा लुकिछिपि बिदेशी सिनेमा र अश्लिल भिडियो देखाउने क्रम तिब्र भएको थियो । समयसँगै आएको यो विकासलाई रोक्न सरकार सक्षम थिएन न त सम्भावना नै थियो । त्यसैले स्वथ्य मनोरन्जनको व्यवस्था गर्नु अपरिहार्य जस्तै भएको थियो ।

‘विकासका लागि संचार’
पाँचौ पञ्चवर्षीय योजनाले ‘विकासका लागि संचार’ भन्ने मूलभुत योजना अगाडि सार्यो । यस्तै संघर्षका बीचबाट विसं २०४१ साल माघ १७ गते परियोजनाको रुपमा नेपाल टेलिभिजनको शुरुवात भयो । तर समस्या चाँही जटिल थियो । त्यसबेला नेपालमा न त दक्ष जनशक्त्ति नै थिए न त प्रबिधिको विकास नै । एकातिर राष्ट्रिय अखण्डता, सांस्कृतिक सम्पदाको संरक्षण र राष्ट्र हितको सवाल थियो भने अर्काेतर्फ स्रोत र साधनको कमी थियो । तर पनि त्यतिबेला नेपालमा टेलिभिजनको शुरुवातका लागि कम्मर कस्नु ज्यादै ठूलो उपलब्धि थियो । नेपाल टेलिभिजनबाट प्रसारित कार्यक्रमहरु मध्ये लगभग ६० प्रतिशत आफ्नै स्रोत र ब“ाकी अन्य विदेशी तथा निजी क्षेत्रहरुबाट परिपूर्ति भईरहेका छन् । एकातिर राष्ट्रिय प्रसारण संस्थाको दायित्व निर्वाह गर्नुपर्ने र अर्काेतर्फ मनोरन्जनात्मक कार्यक्रमको बाहुल्यता भएको बहृुराष्ट्रिय च्यानलसँगको प्रतिस्पर्धाका कारण नेपाल टेलिभिजनले जनचाहानाको सही प्रतिनिधित्व गर्न सकिरहेको थिएन । समयँंगै बढ्दै गएको चाहाना र रुचीलाई सरकारी संयत्रको रुपमा विकसित भएको संस्था सामू अर्थिक तथा नीतिगत अनेक खाले समस्याहरु आईपरेका थिए । यसले गर्दा नेपाली जनताले स्तरीय कार्यक्रम हेर्न बन्चित त हुनु परेको थियो अर्काेतर्फ सूचना लुकाउने तथा माध्यमलाई सरकारी स्वार्थ अनुकुल संचालनमा ल्याउने प्रवृत्ति हावी भइरहेको थियो । यसले गर्दा गलत सूचनाको प्रवाह त एकातर्फ छदैथियो भने अर्कातर्फ जनताको सूसुचित हुन पाउने हक पनि साँघुरिएको थियो ।

नेपाल टेलिभिजनको बिधिवत स्थापना
विसं २०४२ पुष १२ गते श्री ५ को सरकारले नेपाल टेलिभिजनलाई संस्थान ऐन अन्र्तगत बिधिवत स्थापना ग¥यो । परियोजनाको रुपमा स्थापित भएको एक वर्षपछि मात्र अर्थात् २०४२ पुष १४ देखि नेपाल टेलिभिजनले नियमित प्रसारण शुरु ग¥यो । शुरुमा काठमाडौंका केही भागमा मात्र यसको प्रसारण शुरु भयो । सिहंदरबारको पुतली बगैंचामा रहेको एउटा सानो कोठालाई यसले आफनो स्टुडियोको रुपमा प्रयोग गरी प्रसारण शुरु गरेको थियो । यसको केही समयपछि मात्र टेलिभिजनको प्रशारण उपत्यका ब्यापी भयो । तर नेपाल टेलिभिजनको वास्तविक विकास तेस्रो सार्क शिखर सम्मेलन अर्थात् सन् १९८७ पछि मात्र भएको हो । प्रारम्भमा सामान्य घरमा प्रयोग गरिने उपकरणबाट प्रसारण सेवा सुरु भए टेलिभिजनमा विस्तारै व्यवसायिक उपकरणको प्रयोग हुन थाल्यो । अहिले नेपाल टेलिभिजनसँग केन्द्रमा दुई वटा स्टुडियो र मध्यपश्चिमाञ्चलको कोहलपुरमा एउटा स्टुडियो संचालनमा रहेको छ ।

जनआन्दोलनपछि टेलिभिजन
विसं. २०४६ सालको ऐतिहासिक जनआन्दोलन र यसले प्रदान गरेको नेपाल अधिराज्यको संविधान २०४७ को भाग ३ मा स्पष्ट रुपले नेपाली जनताको मौलिक हक अधिकारको ग्यारेन्टी गरेको छ । विगतको पञ्चायती शासन व्यवस्थामा सरकारले प्रेसप्रति देखाएको अनुदार व्यवहार र धरपकडबाट भुक्त्तभोगी नेपाली जनताले पाएको यो उपलब्धि ठूलै थियो । संबिधानको धारा १२, १३, १४, १५, १६ ले नेपाली जनतालाई वाक तथा प्रकाशन स्वतन्त्रताका साथसाथै सूचना माग्न पाउने हकको पनि ग्यारेन्टि गरेको थियो । तर प्रजातन्त्र बहाली पश्चात् पनि यो हक अधिकार ब्यवहारमा लागू नभएको भन्ने आवाज विभिन्न पक्ष र स्वयं पत्रकारिता जगतबाट उठेकोले सरकारले निजी क्षेत्रलाई पनि संचारक्षेत्रमा सहभागी गराउने नीति ल्याउन बाध्य भयो ।
राष्ट्रिय संचार नीति २०४९ को प्रस्तावनामै नेपाली जनताले प्रजातन्त्र प्राप्तिका लागि गरेको लामो संघर्ष र बलिदानपूर्ण जनआन्दोलनको परिणामस्वरुप हासिल गरेको नेपाल अधिराज्यको संविधान, २०४७ ले प्राथमिकताका साथ प्रत्याभूति गरेको विचार र अभिब्यक्तिको स्वतन्त्रता तथा प्रत्येक नागरिकलाई सार्वजनिक महत्वको कुनै बिषयको सूचना माग्ने र पाउने हकको मूल मर्मलाई मनन गरी सूचना र संचारका सम्पूर्ण माध्यमहरुलाई विश्वसनीय, प्रभावकारी एवं सुदृढ बनाउनुपर्ने आवश्यकता भएकोले सूचना र संचारका क्षेत्रमा उपलब्ध आधुनिकतम प्रबिधि र प्रकियाको प्रयोग गरी आवश्यक र उपयुक्त्त माध्यमहरुका निम्त्ति निजि क्षेत्रको समेत सहभागिता बढाउदै जानुपर्ने भएकोले भन्ने स्पष्ट उल्लेख गरिएको छ । जुन वर्षौदेखि संचालनमा आएका सरकारी संचार माध्यमहरुको एकाधिपत्य तोड्न सफल थियो ।

राष्ट्रिय प्रसारण ऐन, २०४९
राष्ट्रिय प्रसारण ऐन, २०४९ र राष्ट्रिय प्रसारण नियमावली २०५२ ले स्पष्टरुपमा निजी क्षेत्रलाई पनि टेलिभिजन प्रसारणमा मार्ग खुला गरिदियो । यसैको फलस्वरुप २०५७ असोज १२ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम ३ बमोजिम पहिलो पटक राइजिङ नेपालमा सूचना प्रकाशित गरी निजि क्षेत्रबाट संचालन गर्न प्रस्ताव आब्हान गर्यो । यसमा नेपाल वातावरण पत्रकार समूह, सगरमाथा टेलिभिजन, इमेज च्यानल, प्राइम ब्रोडकास्टिड, स्पेश टाइम नेटवर्क प्रालि, हिमालयन टिभी, सांग्रीला च्यानल प्रालि, कान्तिपुर टेलिभिजन नेटवर्क, अन्नपूर्ण मिडिया ट्रान्समिसन, प्रोफेसनल ब्रोडकास्टिड प्रालि गरी ९ वटा संघसंस्थाहरुले आवेदन दिएका थिए । यस पछि फेरि २०५८ असोज २३ गते पुनः प्रस्ताव आब्हान गर्यो । यस अनुसार प्राबिधिक र आर्थिक प्रस्तावको भन्ने आधारमा सांग्रीला च्यानल प्रालिलाई २०५९ वैशाख ४ मा सेटलाईटबाट प्रसारणका लागि अनुमति प्रदान गर्यो । त्यसै गरी सोही मितिमा कान्तिपुर टेलिभिजन नेटवर्क र इमेज मेट्रोलाई टेरेस्टेरियल प्रबिधिमा प्रसारण गर्न स्वीकृति प्रदान गरेको थियो । त्यसैगरी २०६० चैत्र ५ मा एड एभेन्यूज र च्यानल नेपाललाई प्रसारणको लागि अनुमति गरी कुल पाँच वटा च्यानलहरुलाई अनुमति प्रदान गरेको थियो । हाल नेपालमा करिब ४ दर्जन टेलिभिजनले प्रसारणको लागि अनुमति प्राप्त गरिसकेका छन् । र हाल करिव २ दर्जन टेलिभिजन च्यानलहरुले नियमित प्रसारण गरिरहेका छन् ।

संबिधान, ऐन र नियमावलीले निजि क्षेत्रको बढी भन्दो बढी सहभागितातर्फ संकेत गरेता पनि लाइसेन्सप्रथा भने एकदमै अपारदर्शी र राजनैतिक पूर्वाग्रहले भरिपूर्ण रह्यो । सम्पूर्ण प्राबिधिक तयारी पूरा भएर पनि प्रसारण अनुमति प्राप्त गर्न च्यानल नेपाललाई एकबर्ष भन्दा बढी समय लाग्यो । तर पछि अदालतको निर्णयबाट यसले नेपालबाटै प्रसारणका लागि अनुमति पायो । त्यसैगरी कान्तिपुर टेलिभिजनको अनुमति पत्र लिँदा बिड बन्ड बापतको रकम अग्रिम भुक्त्तानी गरी भ्रष्टाचार भएको भन्ने कुराको मुद्धा हालसम्म पनि अदालतमा बिचाराधीन नै छ । एकातिर यो स्थिति छ भने अर्काेतर्फ नेपाली भाषामा नेपाली कार्यक्रम बिदेशी भूमिबाट पनि प्रसारण हुन थालेको छ । नेपाल वान नामक उक्त्त च्यानलले नेपालबाट प्रसारण गर्न स्विकृति पनि लिएको छैन ।

निष्कर्ष

कुनै समय एउटै मात्र नेपाली च्यानल हेर्न बाध्य नेपाली जनतालाई प्रजातन्त्र हुँदै लोकतन्त्र प्राप्ति पश्चात बहुलबादी समाजको सिर्जना भएको छ । जनताले प्रशस्त मात्रामा आफना रुची र चाहाना मुताबिक विषयवस्तु छनौट गर्ने अवसर पाएका छन् । निश्चय नै यो सबैभन्दा ठूलो प्राप्ति हो । निजी क्षेत्रको आगमनले वर्षौ सम्मको सरकारी माध्यमको एकाधिपत्य तोडेको मात्र नभई यसलाई सुधारतर्फ बाध्य पनि गराएको छ । यसका साथै दलित उत्पिडित तथा समाजमा पाखा लागेका वर्गहरुको पनि आवाज केही मात्रामा भएपनि आउन थालेको छ । समाजका सवै वर्गको प्रतिनिधित्व हुने खालका कार्यक्रमको निर्माणहरु हुन थालेका छन् । त्यसै गरी यस क्षेत्रमा ठूलो रुपमा रोजगारीको सिर्जना भएको मात्र होईन सम्बन्धित ब्यक्त्तिहरुलाई छनोटको अवसरको पनि प्राप्त भएको छ । तर यती हँुदा हुँदै पनि नेपाली आकाशमा बढिरहेको च्यानलहरुले राजनीति र काठमाडांै केन्द्रित समाचारको परम्परालाई अन्त्य गर्न सकेका छैनन् । भन्नुको अर्थ नया“ च्यानल भएता पनि नय“ा क्षेत्रको ढोका खोल्न सकेका छैनन् । देश र समाजप्रति उत्तरदायी बहन गर्नेे पत्रकारिता अझै हुन सकेको छैन । सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित हुने विकास पत्रकारिता तथा ग्रामिण पत्रकारिता जस्ता वैकल्पिक पत्रकारितालाई अझ आत्मसाथ गर्न सकेका छैनन् । बजार र स्रोता वा दर्शकमाथि आधिपत्य जमाउने लोभमा पत्रकारितालाई पनि एउटा दरिलो आम्दानीको स्रोत बनाउने तर्फ आफनो ध्यान मात्र केन्द्रित गरिरहेका छन् ।

समग्रमा हेर्दा, नेपालको टेलिभिजन विकासक्रमले प्रजातन्त्र प्राप्ति पश्चात नै फक्रने र फूल्ने मौका पाएका छन् । विदेशी भाषाका च्यानलहरु हेर्न बाध्य नेपाली जनताले आफनै भाषामा प्रशस्त विषयवस्तु छनोट गर्न पाएका छन् । जनताले सूसुचित हुने अवसरबाट बन्चित हुन परेको छैन । यसले गर्दा नेपाली जनताको ज्ञानलाई फराकिलो पार्न सहयोग पुर्याएको छ । दक्ष जनशक्त्तिको बढ्दो आपू्र्ति र जनचेतनामा आएको बृद्धिले विकासका अवधारणालाई जनस्तरसम्म पुर्याउन यी माध्यमहरुले भविष्यमा ठूलो सहयोग पुर्याउने अब निश्चित छ ।
अबको आवश्यकता भनेको सरकारी पक्षको निरन्तर सहयोग अपरिहार्य छ । साथ साथै टेलिभिजन माध्यमहरुले पनि भविष्यमा अझ समाजपयोगी र राष्ट्रहितका सवालमा सही सूचना प्रवाह गर्न सकेमा नेपालको मुहार फेर्नमा यी माध्यमहरुले ठूलो भूमिका खेल्न सक्ने कुरामा दुईमत छैन । फेरि पनि टेलिभिजन लगानी कर्ताहरुले वा सञ्चालकहरुले के बुझ्न जरुरी छ भने टेलिभिजन च्यानललाई आफ्नो नियन्त्रणमा राख्ने रिमोट दर्शक वा स्रोताहरुकै हातमा छ । जति वेला पनि तपाइहरुको टेलिभिजन च्यानल परिवर्तन हुन सक्छ ।

(लेखक मप विश्वविद्यालयमा आमसञ्चार र पत्रकारिताका उपप्राध्यापक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com