ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत भ्रमणमा जाने विदेशी पर्यटकमध्ये नेपाली पर्यटक १० औं मा


एबीसी न्यूज
पुस १, २०८० आईतबार  ७ : ०७ बजे

काठमाडौं, १ पुस । भारत भ्रमणमा जाने विदेशी पर्यटकमध्ये नेपाली पर्यटक पहिलो १० औं सूचीभित्र पर्न सफल भएका छन् । भारतीय पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०२२ मा भारत भ्रमण गरेका पर्यटकमध्ये नेपाली नागरिक ७ औं स्थानमा देखिएका छन् । नेपालको पर्यटनमा भारतीय नागरिकको स्थान भने पहिलो रहेको छ । तथ्यांक अनुसार सन् २०२२ मा भारतले कुल ६१ लाख ९१ हजार ३९९ जना पर्यटकलाई सो मुलुकमा स्वागत गरेको छ ।

जसमध्ये जहाज चढेर भारत भ्रमणमा जाने नेपालीको संख्या १ लाख ३५ हजार ३४७ जना रहेको छ । यो भारतले यस वर्ष स्वागत गरेका कुल पर्यटकमा २।१९ प्रतिशत हिस्सा हो । साथमा धेरै पर्यटक भित्रने मुलुकको हिसाबमा ७ औं स्थान हो । भारतमा नेपालीहरु घुमफिरमा जाने पिक सिजन डिसेम्बर र कम जाने महिना जनवरी रहेको समेत तथ्यांकमा उल्लेख छ ।

डिसेम्बर महिनामा भारतको मौसम नेपाली पर्यटकका लागि तुलनात्मक रुपमा अनुकूल रहने गर्दा घुमफिरमा धेरै नेपाली पुग्ने गर्छन् । साथै अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा घुमफिरमा निस्कने नागरिक समेत धेरै यसै समयमा घुम्ने गर्छन् ।

सन् २०२२ मा सबैभन्दा धेरै पर्यटक भारतमा अमेरिकी पुगेको तथ्यांक छ । सो वर्ष १३ लाख ७३ हजार ८१७ जना अमेरिकी पर्यटकले भारत भ्रमण गरेका छन् । दोस्रो स्थानमा बंगलादेशी पर्यटक रहेका छन् । सो वर्ष १२ लाख ५५ हजार ९६० पर्यटकले भारत भ्रमण गरेको तथ्यांक छ ।

सन् २०१९ मा १ करोड ९ लाख ३० हजार ३५५ जना विदेशी पर्यटकलाई स्वागत गरेको भारतीय पर्यटन बजार त्यसपछि भने कोभिड १९ को चपेटामा परेको थियो । सन् २०२१ मा १५ लाख २७ हजार ४६० मात्र पर्यटकले भारत भ्रमण गरेका थिए ।

भारत जाने धेरै पर्यटक राजधानी दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रवेश गर्छन् । सन् २०२२ मा भारतको यो विमानस्थलबाट १९ लाख ३२ हजार ४२५ जना पर्यटक प्रवेश गरेका छन् । यो कुल पर्यटकको ३१।२१ प्रतिशत हिस्सा हो । यसबाहेक मुम्बई, हैदरावाद, चेन्नई, बैंग्लौर, कोची, कोलकोतासहितका विमानस्थलबाट धेरै पर्यटक भारत भित्रिएका छन् ।

सन् २०२२ मा नेपाल भ्रमणमा आउने भारतीयको संख्या २ लाख ९ हजार १०५ जना रहेको थियो । यो कुल पर्यटकमध्ये पहिलो नम्बर हो । नेपाल र भारतले जहाजबाट आवतजावत गर्ने नागरिकलाई मात्र पर्यटकका रुपमा गणना गर्दै आएका छन् । तर, धेरै भारतीय नागरिक घुमफिरमा जाने तथ्यांकको आधारमा नेपाल अझै भारतीयको रोजाइमा पर्न नसकेको देखिएको छ ।

भारतीय पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०२२ मा कुल २ लाख १० लाख ९६ हजार २१७ जना भारतीय घुमफिरमा निस्किएका थिए । यसमध्ये सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्समा ५८ लाख ९१ हजार ८१४ जना भारतीय पुगेका छन् । दोस्रो स्थानमा साउदी अरब रहेको छ । सो मुलुकमा २४ लाख २१ हजार ७२३ भारतीय पुगेको तथ्यांक छ । अमेरिकामा १६ लाख ८३ हजार २५६ जना भारतीय भ्रमणमा पुगेका छन् । सिंगापुरमा ९ लाख ८७ हजार र थाइल्याण्डमा ९ लाख २९ हजार भारतीय यस वर्ष पुगेका थिए ।

सन् २०२२ मा भारत भ्रमणमा गएका प्रमुख १० मुलुकका पर्यटक

अमेरिका : १३ लाख ७३ हजार ८१७
बंगलादेश : १२ लाख ५५ हजार ९६०
बेलायत : ६ लाख १७ हजार ७६८
अष्ट्रेलिया : ३ लाख ६९ हजार २३
क्यानडा : २ लाख ७७ हजार २९१
श्रीलंका : १ लाख ७७ हजार ६५२
नेपाल : १ लाख ३५ हजार ३४७
जर्मनी : १ लाख २४ ४९६
सिंगापुर : १ लाख १७ हजार १९५
मलेसिया : १ लाख १६ हजार ५२३

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

संसदीय सुनुवाइमा डा. शर्माको परीक्षण आजदेखि, उजुरी खोलिँदै

सम्बन्धित

नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

संसदीय सुनुवाइमा डा. शर्माको परीक्षण आजदेखि, उजुरी खोलिँदै

खाडी मुलुकको आग्रहमा इरानमाथिको थप सैन्य आक्रमण रोकेँ – ट्रम्प

आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ्ने

म दर्तै गर्दिनँ भन्ने छुट र सुविधा सर्वोच्च अदालत प्रशासनलाई छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

सर्वोच्चमा मल्ल–शर्मा प्रकरणले न्यायालयमा तरंग, रिट दर्ता रोकिएको आरोपपछि कामु प्रधानन्यायाधीश मल्लको कडा हस्तक्षेप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com