ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत भ्रमणमा जाने विदेशी पर्यटकमध्ये नेपाली पर्यटक १० औं मा


एबीसी न्यूज

काठमाडौं, १ पुस । भारत भ्रमणमा जाने विदेशी पर्यटकमध्ये नेपाली पर्यटक पहिलो १० औं सूचीभित्र पर्न सफल भएका छन् । भारतीय पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०२२ मा भारत भ्रमण गरेका पर्यटकमध्ये नेपाली नागरिक ७ औं स्थानमा देखिएका छन् । नेपालको पर्यटनमा भारतीय नागरिकको स्थान भने पहिलो रहेको छ । तथ्यांक अनुसार सन् २०२२ मा भारतले कुल ६१ लाख ९१ हजार ३९९ जना पर्यटकलाई सो मुलुकमा स्वागत गरेको छ ।

जसमध्ये जहाज चढेर भारत भ्रमणमा जाने नेपालीको संख्या १ लाख ३५ हजार ३४७ जना रहेको छ । यो भारतले यस वर्ष स्वागत गरेका कुल पर्यटकमा २।१९ प्रतिशत हिस्सा हो । साथमा धेरै पर्यटक भित्रने मुलुकको हिसाबमा ७ औं स्थान हो । भारतमा नेपालीहरु घुमफिरमा जाने पिक सिजन डिसेम्बर र कम जाने महिना जनवरी रहेको समेत तथ्यांकमा उल्लेख छ ।

डिसेम्बर महिनामा भारतको मौसम नेपाली पर्यटकका लागि तुलनात्मक रुपमा अनुकूल रहने गर्दा घुमफिरमा धेरै नेपाली पुग्ने गर्छन् । साथै अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा घुमफिरमा निस्कने नागरिक समेत धेरै यसै समयमा घुम्ने गर्छन् ।

सन् २०२२ मा सबैभन्दा धेरै पर्यटक भारतमा अमेरिकी पुगेको तथ्यांक छ । सो वर्ष १३ लाख ७३ हजार ८१७ जना अमेरिकी पर्यटकले भारत भ्रमण गरेका छन् । दोस्रो स्थानमा बंगलादेशी पर्यटक रहेका छन् । सो वर्ष १२ लाख ५५ हजार ९६० पर्यटकले भारत भ्रमण गरेको तथ्यांक छ ।

सन् २०१९ मा १ करोड ९ लाख ३० हजार ३५५ जना विदेशी पर्यटकलाई स्वागत गरेको भारतीय पर्यटन बजार त्यसपछि भने कोभिड १९ को चपेटामा परेको थियो । सन् २०२१ मा १५ लाख २७ हजार ४६० मात्र पर्यटकले भारत भ्रमण गरेका थिए ।

भारत जाने धेरै पर्यटक राजधानी दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रवेश गर्छन् । सन् २०२२ मा भारतको यो विमानस्थलबाट १९ लाख ३२ हजार ४२५ जना पर्यटक प्रवेश गरेका छन् । यो कुल पर्यटकको ३१।२१ प्रतिशत हिस्सा हो । यसबाहेक मुम्बई, हैदरावाद, चेन्नई, बैंग्लौर, कोची, कोलकोतासहितका विमानस्थलबाट धेरै पर्यटक भारत भित्रिएका छन् ।

सन् २०२२ मा नेपाल भ्रमणमा आउने भारतीयको संख्या २ लाख ९ हजार १०५ जना रहेको थियो । यो कुल पर्यटकमध्ये पहिलो नम्बर हो । नेपाल र भारतले जहाजबाट आवतजावत गर्ने नागरिकलाई मात्र पर्यटकका रुपमा गणना गर्दै आएका छन् । तर, धेरै भारतीय नागरिक घुमफिरमा जाने तथ्यांकको आधारमा नेपाल अझै भारतीयको रोजाइमा पर्न नसकेको देखिएको छ ।

भारतीय पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०२२ मा कुल २ लाख १० लाख ९६ हजार २१७ जना भारतीय घुमफिरमा निस्किएका थिए । यसमध्ये सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्समा ५८ लाख ९१ हजार ८१४ जना भारतीय पुगेका छन् । दोस्रो स्थानमा साउदी अरब रहेको छ । सो मुलुकमा २४ लाख २१ हजार ७२३ भारतीय पुगेको तथ्यांक छ । अमेरिकामा १६ लाख ८३ हजार २५६ जना भारतीय भ्रमणमा पुगेका छन् । सिंगापुरमा ९ लाख ८७ हजार र थाइल्याण्डमा ९ लाख २९ हजार भारतीय यस वर्ष पुगेका थिए ।

सन् २०२२ मा भारत भ्रमणमा गएका प्रमुख १० मुलुकका पर्यटक

अमेरिका : १३ लाख ७३ हजार ८१७
बंगलादेश : १२ लाख ५५ हजार ९६०
बेलायत : ६ लाख १७ हजार ७६८
अष्ट्रेलिया : ३ लाख ६९ हजार २३
क्यानडा : २ लाख ७७ हजार २९१
श्रीलंका : १ लाख ७७ हजार ६५२
नेपाल : १ लाख ३५ हजार ३४७
जर्मनी : १ लाख २४ ४९६
सिंगापुर : १ लाख १७ हजार १९५
मलेसिया : १ लाख १६ हजार ५२३

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com