ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैज्ञानिकले बनाए मान्छेको मृत्युको मिति भविष्यवाणी गर्न सक्ने एआई प्रणाली


एबीसी न्यूज

एजेन्सी– अनुसन्धानकर्ताहरुको अन्तर्राष्ट्रिय समूहले मृत्युसहित मान्छेको जीवनमा भविष्यमा हुन सक्ने घटनाक्रमहरुको भविष्यवाणी गर्न सक्ने कृत्रिम बौद्धिकता ९एआई० प्रणालीको विकास गरेका छन्।

लाइफटूभेक नाम गरेको ट्रान्सफर्मर मोडेललाई वैज्ञानिकहरुले मान्छेको जीवनको विविध पक्षको भविष्यवाणी गर्न सक्ने निकै ठूलो डेटाको साथमा तालिम दिएका थिए। यसलाई डेनमार्क र अमेरिकाका वैज्ञानिकहरुले बनाएका हुन्।

डेनमार्कको ६० लाख मानिसहरुको स्वास्थ्य र जनसांखयकीय रेकर्डहरुबाट डेटा भरिएको एआई मोडललाई मान्छेको जीवनमा अब के हुन्छ भनेर भविष्यवाणी गर्न सक्ने गरी तयार पारिएको छ।

यसमा जन्म मिति, शिक्षा, तलब, घर र स्वास्थ्यलगायत सबै जानकारीहरु हालिएको थियो। निर्माताहरुका अनुसार लाइफटूभेकले डेटा विश्लेषण गरेर मान्छे कहिले मर्नेछन भनेर भविष्यवाणी गर्न सक्छ।

२५ देखि ६५ वर्ष उमेरका मानिसहरुको समूहमा परीक्षण गर्दा आधाजति सन् २०१६ देखि सन् २०२० को बीचमा मरेको पाइयो। एआईले को मान्छे मर्नेछ र को चाँहि जीवित रहनेछन् भनेर गरेको प्रक्षेपणको शुद्धता दर ७८ प्रतिशत थियो।

डेटा डेनर्माकबाट मात्रै लिइएकोले यो अन्यत्रका मानिसहरुमा लागू हुन नसक्ने अनुसन्धान टोलीको प्रमुख सने लेह्म्यान युर्गेन्सेरले भने। आफ्नो एआई मोडेललाई बीमा कम्पनीहरुले प्रयोग गर्न नहुने युर्गेन्सेरको भनाई छ। लाइफटूभेक अहिले सर्वसाधारणका प्रयोगका लागि उपलब्ध छैन।

यस्तै खालको मोडलहरु विकास भइसकेको र यसलाई ठूला कम्पनीहरुले प्रयोग गरिरहेको बताइएको छ । व्यक्ति कति समयसम्म बाच्ला भन्ने भविष्यवाणी गर्न सक्ने एआई मोडलको प्रयोगका नैतिक तात्पर्य पनि छन्।

तर यस्तो भविष्यवाणीले असामयिक निधनलाई टार्न मद्दत गर्न सक्ने लाइफटूभेकका निर्माताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com