ललितपुर, २ जेठ। विद्यालयको नाममा रहेको रकम एउटा बैँकबाट अर्काेमा सार्नका लागि सिफारीस माग्न केही दिन पहिले प्रगति शिक्षा सदन माध्यामिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे जिल्ला शिक्षा कार्यालय पुग्नुभयो । उक्त कार्यालयमा कार्यरत कर्मचारीले उहाँलाई अहिले कार्यालयले गर्ने काम महानगरपालिकाले गर्ने भन्दै महानगरापलिका जान भने । ...