ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभाको विशेष समयमा मंगलबार सांसदहरुले के-के विषय उठाए ?


admin
जेष्ठ २, २०७५ बुधबार  ३ : ३४ बजे

काठमाडौँ, २ जेठ ।  प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिने अधिकांश सदस्यले आ–आफनो जिल्लाका समसामयिक विषयबस्तु र घटनाको बारेमा जानकारी गराउनुभएको छ ।

सांसद भरतबहादुर सिंहले बझाङ जिल्लामा केही दिनयता परेको असिना पानीले गँहु
, जौ, फलफूललगायतका अन्नबाली नष्ट गरेकाले असिनापीडित जिल्लाको रुपमा घोषणा गरी कृषकलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन माग गर्नुभयो ।

असिना पानीपछि आएको पहिरोबाट जयपृथ्वी राजमार्ग अवरुद्ध भएको, एकै परिवारका पाँचजना पहिरोमा परेको जनाउँदै उहाँले मृतकका परिवारलाई राहत उपलब्ध गराउन अनुरोध गर्नुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले सुर्खेतबाट हुम्लाका लागि उडेको मकालु एयरको विमान दुर्घटनामा चालक दलका सदस्यको निधन भएको विषय सदनलाई जानकारी गराउँदै विमान दुर्घटनाका घटनालाई दोहोरिन नदिने उपाय अबलम्वन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अन्जना विशंखेले अन्तरजाति विवाह भएकै कारण मृत्युवरण गर्ने अवस्थालाई सरकारी संयन्त्रले बल पु-याइरहेको आरोप लगाउँदै काभ्रेका कल्पना पराजुली र अजित मिजारबीचको अन्तरजातीय विवाहले निम्त्याएको घटनाक्रमको फेहरिस्त सुनाउनुभयो ।

सांसद प्रमोद साहले नवलपुर–मलंगवा सडक निर्माण शुरु भएको आठ वर्षसम्म पनि ज्यूँका त्यूँ अवस्थामा रहेकाले सरकारले त्यस सडक निर्माणमा विशेष चासो देखाउनुप-यो भन्नुभयो ।

अर्का सांसद् विमल श्रीवास्तवले मुलुकमा राजनीतिक परिवर्तन भएपनि हाम्रो सोच र दृष्टिकोणमा परिवर्तन हुन नसकेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा देखिएको बताउनुभयो ।

सांसद प्रेम सुवालले संसद् सञ्चालनसम्बन्धी नियमावलीमा फौज्दारी अपराधमा संलग्न हुने सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विवाद गरेर नियमावली प्रस्तुत हुन नसक्नु बेठीक हो भन्नुभयो ।

सांसद नवराज रावल सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालनमा देखिएको व्यवधान सुल्झाउन तथा सुर्खेत अस्पताललाई सुव्यवस्थित तुल्याउन तथा कारागारको अवस्था निकै दयनीय रहेकाले सुधार गर्न सरकारसँग अनुरोध गर्नुभयो ।

सांसद भरतकुमार शाहले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमबाट विमान अवतरण गर्ने रुट अनुमतिका लागि समयमै पहल गर्न आग्रह गर्नुभयो ।

सांसद इन्दुकुमारी शर्माले यो सरकार पुरानो सलकारको निरन्तरता नभएर जनताको निकै आशा र भरोसाको सरकार भएकाले चुरे शृंखलाको दोहनलाई रोक्न ठोस कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

अर्का सांसद छक्कबहादुर लामाले आज हुम्लामा हवाई दुर्घटनामा ज्यान गएका चालक दलका सदस्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै हुम्लामा वर्षा अगावै खाद्यान्न ढुवानीको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

सांसद झपट रावलले केही दिनअघि कैलालीमा आएको हावाहुरीबाट केही व्यक्ति घाइते भएको, धेरै विद्यालयका छाना उडाएको, बालीनाली नष्ट भएको जानकारी गराउँदै घाइतेको उपचार र पीडितलाई क्षतिपूर्तिका लागि माग गर्नुभयो ।

राष्ट्रसेवक कर्मचारी जनताको काम गर्नुको साटो सामाजिक सञ्जालमा रमाउने गरेको घटना बढेकाले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाइने नीति बनाउन सरकारलाई उहाँले सुझाव दिनुभयो ।

सांसद लक्ष्मी परिवारले प्रतिनिधिसभाको निर्वाचनको क्रममा बम आक्रमणमा परेर घाइते भएका पूर्व सांसद नारायण कार्कीलगायतलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो ।

अर्का सांसद दुर्गा पौडेल र निरु पालले महेन्द्रनगर अस्पताललाई व्यवस्थित तुल्याउन तथा दोधरा र चाँदनीमा भारतीय पक्षबाट हुँदै आएको थिचोमिचोबाट नेपाली जनताले दुःखकष्ट खेप्नु परेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

नयाँ शैक्षिक सत्र: काठमाडौं महानगरद्वारा सङ्घीय सरकारको निर्णय अवज्ञा, वैशाख १५ बाटै पठनपाठन सुरु हुने

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com