ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृत्यु जितेर मात्रै यार्साबाट कमाई


admin

डोल्पा, २ जेठ । जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटनहरु यार्सागुम्बा संकलनका लागि खुला गरिएसँगै सर्वसाधारण आफूले जान चाहेको पाटन रोज्दै धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन् ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जिल्लाका विभिन्न नाकाबाट संकलन इजाजतपत्र वितरण गर्दै हिजोबाट यार्सागुम्बा पाटन जान खुल्ला गरेको हो ।

मध्यवर्ती क्षेत्र भित्रकालाई रु एक हजार, मध्यवर्ती क्षेत्र बाहिर डोल्पा जिल्लाका सर्वसाधारणलाई रु २५ सय र जिल्ला बाहिरकालाई रु ३५ सय रकम तोकिएको निकुञ्जले जनाएको छ ।

डोल्पामा सयौँको सङ्ख्यामा रहेका यार्सागुम्बा पाटनमा दशौं हजार सर्वसाधारण वनस्पती र जीवको दुबै गुण पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजीमा पुगिसकेका छन् । यार्सागुम्बा टिपेर आम्दानी गर्नका लागि गर्भवती, सुत्केरी महिला दूधेबालक च्यापेर यार्सागुम्बा पाटन पुगेका छन् ।

आम्दानीको मुख्य स्रोत 

बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पाली जनताको मुख्य आम्दानीको स्रोत हो । नेपालमै गुणस्तरीय र धेरै परिमाणमा यार्सागुम्बा पाइने क्षेत्रको रुपमा समेत डोल्पा चिनिन्छ ।

डोल्पाली जनताको जीवनस्तरसँग जोडिएको यार्सागुम्बाको संकलनका लागि वर्षेनी दशौँ हजार सर्वसाधारण वन्दोवस्तीका सामानसहित डोल्पाका उच्च हिमाली यार्सागुम्बा पाटनमा पुग्ने गर्दछन् । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि डोल्पामा यार्सागुम्बाको महाकुम्भ मेला सुरु भएको छ ।

यार्सागुम्बा संकलन गरी वर्षभरिको खर्च जुटाउने लक्ष्यसहित डोल्पाबाट मात्रै नभई छिमेकी जिल्ला रुकुम जाजरकोट, जुम्लालगायतका विभिन्न जिल्लाबाट पनि सर्वसाधारण डोल्पाका उच्च हिमाली भू–भागमा पुगेका छन् ।

त्रिपुरासुन्दरी नगरपालिका–१ का लोकमान श्रेष्ठ पनि बन्दोबस्तीका सामानसहित भाङ्का पाटनमा यार्सागुम्बा टिप्न पुगिसकेका छन् । साना बच्चाबच्चीलाई घर कुरुवाको भरमा घरमै छाडेर पाटन हिँडेका श्रेष्ठ यसवर्ष एक महिने अवधिमा दुई लाखसम्म कमाउने लक्ष्य रहेको बताउँछन् ।

त्यस्तै त्रिपुरासुन्दरी नगरपालिकाकै जमानसिँह कठायत पनि विगत वर्षमा जस्तै यसपटक पनि यार्सागुम्बा टिपेर राम्रो आम्दानी गर्ने सुरमा छन् । पाटनमा पुगेर यार्सागुम्बा टिप्ने आफू एक्लैले दुई लाख रुपैयाँसम्म कमाउने लक्ष्य रहेको उनले बताए ।

यार्सागुम्बाबाट धेरैले राम्रो आम्दानी गर्न सकेपनि कतिपयले भने उल्टो नोक्सानी ब्यहोर्नुपर्दछ । यार्सागुम्बा टिप्ने समयमा पचासौँ हजारका उधारो सामान लिएर पाटन पुग्छन्, भनेजति यार्सागुम्बा नपाएपछि घरको अन्य आम्दानीबाट उधारो रकम चुक्ता गर्नु पर्दछ । त्यसो त यार्साको कमाइको साटो साहुसँग ऋण काढेर व्यापारीको उधारो चुक्ता गर्दा ऋणबाट माथि उठ्न नसकेका थुप्रै उदाहारण छन् ।

यार्साले बनायो सुनसान 

यार्सारुपी सुन खोज्नु डोल्पालीको रहर नभई नियति नै हो । वर्षभरिको कमाइ गर्न हिमाली भेगमा पुग्नु उनीहरुको रोजगारी हो । त्यसो त यार्सागुम्बा टिपेर मनग्य आम्दानी गर्नका लागि गाँउबस्ती नै सुनसान पारेर डोल्पावासी यार्सागुम्बा पाटनको यात्रा तय गरिसकेका छन्् । यहाँका करेलीकाँडा, पहाडा, सुँ, ल्हा, माझफाल, रह, तल्लो डोल्पाका कालिका, नर्कु, इल, उपल्लो डोल्पाका साल्दाङ, भिजेर, मुकोट, फोक्सुन्डोलगायतका वस्तीहरु सुनसान छन् ।
पशु चौपायासहित दूधेबालक, सुत्केरीसहित पाटनतिर गएपछि यहाँका बस्तीहरु सुनसान बन्दै गएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय नैनानन्द देवकोटाले बताउनुभयो । गाउँघरमा बृद्धबृद्धाबाहेक अरु कोही नभेटिने गरेपछि काम गर्ने मान्छे नपाउँदा जेठबाट सुरुहुने धान रोपाइ गर्नसमेत समस्या हुने गरेको देवकोटाले बताउनुभयो ।

प्रतिगोटा रु ५०० देखि १५ सयसम्म पर्ने यार्सागुम्बा समयको प्रभाव छिमेकी जिल्ला रुकुम, जाजरकोटमा पनि धेरै पर्ने गर्दछ । यार्सागुम्बा समयमा रुकुम जाजरकोटबासी समेत घरमा ताला लगाएर परिवारसहित यार्सागुम्बा खोज्न डोल्पा पुग्छन् ।

मृत्यु जितेर कमाई 

यार्सागुम्बा संकलन गर्नु सोचेजति सहज छैन् । हिमालका उच्च भू–भागसम्म पुग्नु मृत्युलाई जिते सरह हो । चार हजार मिटरभन्दा धेरै उचाइ भएका हिमाली पाटनमा मात्र पाइने यार्सागुम्बा संकलन गर्नु अत्यन्तै जोखिमपूर्ण कार्य हो । वर्षेनी थुप्रै सर्वसाधारणको चिसो र लेक लागेर मृत्यु हुने गर्दछ ।
यार्सागुम्बा पाइने हिमाली पाटनसम्म पुग्न अप्ठेरा र अनकन्टार भिरका बाटाहरु पार गर्नु पर्दछ । यार्सागुम्बा पाटन पुगिसकेपछि पनि भारी हिमपात, वर्षात्का बीच पनि दिनभर घुँडा धसेर खोज्नुपर्ने हुँदा अत्याधिक चिसोका कारण धेरैजना विरामी पर्ने र कतिपयको त निधनसमेत हुने गरेको त्रिपुरासुन्दरी–१ का कालुप्रसाद हमालले बताउनुभयो ।

विद्यालय बन्द, कार्यालयको कामकाज प्रभावित 

बहूमुल्य जडिबुटी यार्सागुम्बा संकलन गर्ने समय सुरु भएलगत्तै डोल्पाका अधिकांश विद्यालय बन्द भएका छन् । विद्यार्थी मात्र नभई शिक्षकहरु पनि यार्सा टिप्न पाटनतर्फ जाने भएकाले डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्दछन् । औपचारिक बिदा नभएपनि सम्पूर्ण विद्यार्थी यार्सागुम्बा पाटन जाने गरेरकाले विद्यालयहरु स्वतः बन्द हुने गरेको त्रिपुरा माविका प्रधानाध्यापक हेमराज हमालले बताउनुभयो ।

त्यस्तै यार्सागुम्बा संकलनकाने समय सुरु भएसँगै जिल्लाका आठवटै स्थानीय तहमा सेवाग्राहीको चाप घटेको छ । सर्वसाधारण सबै यार्सागुम्बा टिप्न पाटन गएपछि सेवाग्राहीको चाप घटेको त्रिपुरासुन्दरी नगरपालिका प्रशासकिय अधिकृत भीम धरलाले बताउनुभयो । त्यस्तै मुख्य बजारहरु समेत सुनसान बन्दै गएका छन् भने यार्सागुम्बा पाइने सयौँ पाटनहरु भने रङ्गीचङ्गी पालले रङ्गीएका छन् ।

तीनवटै सुरक्षा निकाय परिचालन 

यार्सागुम्बा संकलनको समयलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तीनवटै सुरक्षा संयन्त्र परिचालन गरिएको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि सुर्खेतबाट ७५ जनाको सङ्ख्यामा सशत्र प्रहरी डोल्पा आइपुगेको छ । त्यस्तै १५० भन्दा धेरै प्रहरी परिचालन गरिएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताउनुभयो । निकुञ्ज सुरक्षार्थ नेपाली सेना पनि तोइजुम, छेप्का, सुन्दरलगाएतका पोष्टहरुमा सेना बसिरहेको शे–फोक्सुन्डो निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेब चौधरीले बताउनुभयो ।

यार्सागुम्बा सिजन अवधिभर हुने हत्या,हिंशा,लुटपाट,चोरी डकैटीलाई नियन्त्रण गर्नका लागि तीनवटै सुरक्षा निकाय परिचारलन गरिएको बताइएको छ । यतिखेर यार्सागुम्बाको कारोवारका लागि करोडौँ रुपैयाँ बोकेर ब्यापारीहरु डोल्पा भित्रने गर्दछन् । जिल्लाको सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै त्रिपुराकोट, कालागौँडा लगायतका नाकाहरुमा प्रहरीले विशेष सर्तकता अपनाएको जिप्रका डोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com