ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभामा एमाले सांसदको प्रश्न- यस्ता मुख्यमन्त्रीलाई प्रशिक्षण दिने कि नदिने ?


admin

काठमाडौं, २ जेठ । संघिय संसदको बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतसंग स्पष्टीकरण सोध्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरिएको छ।

सत्तारुढ दल एमालेकै सांसदद्धारा मुख्यमन्त्रीसंग स्पष्टीकरण सोध्न माग गरिएको हो । एमाले सांसद निरु पालले नेपालको झण्डा बिगार्ने, रंग, आकार थाहा नहुने कर्मचारीलाई मन्त्रीले स्पष्टीकरण सोधेको प्रसंग उल्लेख गर्दै सांसद पालले मुख्यमन्त्रीलाई नै स्पष्टीकरण सोध्न माग गर्नुभयो ।

भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला नागरिक अभिनन्दनका क्रममा जनकपुरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानविरुद्ध संघर्ष गर्नुपरेको भन्ने अभिव्यक्ति दिनुभएको थियो । उँहाको यही अभिव्यक्तिलाई इंकित गर्दै सो स्पटीकरणको माग गरिएको हो ।

प्रतिनिधिसभामा सांसद पालले भन्नुभयो– ‘यस्ता मुख्य मन्त्रीलाई प्रशिक्षण दिने कि नदिने म सरकारको गम्भिर ध्यानाकर्षण गराउँछु ।

राष्ट्रियताको सवालमा पछिल्लो समय प्रधानमन्त्रीका बारेमा विभिन्न टिका–टिप्पणी भइरहेको भन्दै उहाँले तात्कालिन समयमा भएको नाकाबन्दीलाई होइन भन्नु र प्रधानन्त्रीले सम्बन्ध सुधार्नुपर्छ भनेर मित्रराष्ट्र भारतका प्रधानमन्त्रीलाई स्वागत गर्दा लम्पसारवाद भन्नु दुवै अतिवाद हुने टिप्पणी गर्नुभयो ।

काठमाडौं धुलो र धुवाँको शहर बन्दै गएको भन्दै उहाँले पाहुनालाई बोलाएर रातारात पिच गर्नुभन्दा नागरिकका साना, मसिना समस्या सम्बोधनमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले दोधारा–चाँदनी सीमामा भारतले पटक–पटक नेपालीलाई दुःख दिने गरेको भन्दै तत्काल रोक्नका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com