काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सदनभित्र प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम हुन नसकेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीसंग प्रतिक्रिया दिदै उहाँले प्रतिपक्षी दललाई बोल्न नदिने प्रवृत्ति बढ्दै गएको दाबी गर्नुभयो । ...