काठमाडौं, ४ जेठ । पूर्व कानुनमन्त्री तथा नेकपा एमालेका नेता शेरबहादुर तामाङको मेलम्ची नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसका आइतमान तामाङले एमालेका बालकृष्ण देउजालाई ९३ मतान्तरले पराजित गर्दै जित हात पारेका हुन्। तामाङले ११ हजार २ सय ५८ मत पाए भने ...