काठमाडौं, जेठ ४ । धनकुटा नगरपालिकाको मेयरमा नेकपा एमालेका चिन्तन तामाङ विजयी हुनुभएको छ। कांग्रेस(माओवादी गठबन्धनतर्फबाट कांग्रेस उम्मेदवार दिनेश राईलाई पछि पार्दै तामाङ मेयरमा निर्वाचित हुनुभएको हो । तामाङले ७६६६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।निकटतम प्रतिद्वन्द्वी राई १४ मतले पछि परे। राईले ७६५२ मत प्राप्त गर्नुभयो । उपमेयर पनि एमालकै भीमादेवी खनाल निर्वाचित हुन सफल हुनुभयो । उहाँले ७१९६ मत प्राप्त गर्नुभयो । माओवादी केन्द्रका उपमेयर उम्मेदवार गणेशबहादुर विष्टले ६६२९ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्