ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिलेसम्म ३८९ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक : कांग्रेस १८१, एमाले ११० र माओवादी ७७ पालिकामा विजयी


एबीसी / संवाददाता
जेष्ठ ४, २०७९ बुधबार  ८ : ११ बजे

काठमाडौ, ४ जेठ । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म तीन सय ८९ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । ८७ वटा नगरपालिका र तीन सय २ वटा गाउँपालिका गरी तीन सय ८९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।सार्वजनिक मत परिणाम अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ४८ वटा नगरपालिका र एक सय ३३ वटा गाउँपालिका गरी एक सय ८१ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ ।

यस्तै कांग्रेसले ४१ वटा नगरपालिकाको उपमेयर, एक सय ३२ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ७३ ठाउँमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले एक हजार ८ सय ४९ वटा वडाध्यक्ष पद जितेको छ ।दोस्रो स्थानमा रहेको नेकपा एमालेले २५ वटा नगरपालिका र ८५ वटा गाउँपालिका गरी ११० वटा पालिकाको प्रमुख पद जितेको छ ।यस्तै एमालेले २८ वटा नगरपालिकाको उपमेयर र ८२ वटा पालिकाको उपाध्यक्ष गरी ११० ठाउँमा नै पालिका उपप्रमुखरउपाध्यक्ष जितेको छ ।

एमालेले एक हजार ४ सय ४७ वटा वडाध्यक्ष पदमा जित हासिल गरको छ ।पालिका चुनावको अहिलेसम्मको मतपरिणाममा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म ९ वटा नगरपालिका र ६८ वटा गाउँपालिका गरी ७७ वटा पालिकाको प्रमुख पद जितेको छ ।यस्तै माओवादीले १३ वटा नगरपालिकाको उपमेयर, ७१ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ८४ ठाउँमा जितेको छ । माओवादीले सात सय ८३ वटा वडाध्यक्ष पदमा जित निकालेको छ।नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिका मेयर, चार वटा गाउँपालिकामा अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर र ९ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । जनता समाजवादी पार्टीले पनि ५ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com