काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उपयुक्त लगानी वातावरणका लागि नीतिगत स्थिरता, स्पष्ट नियामक ढाँचा, विधि र प्रक्रियामा सरलता, बजारको उपलब्धता र पहुँच तथा आकर्षक प्रोत्साहनजस्ता प्रावधान रहेको बताउनुभएको छ । नेपाल–कम्बोडिया व्यवसाय मञ्चलाई यहाँ सम्बोधन गर्दै उहाँले नेपालमा राजनीतिक स्थिरता प्राप्त ...