ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साताको शेयर बजार : चार अर्बको कारोवार


admin
बैशाख २१, २०७६ शनिबार  ४ : ३६ बजे

काठमाडौं ,२१ बैशाख । धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ । कूल चार दिनमा भएको कारोवार रकम रु चार अर्बमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०.१२ विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १६७ कम्पनीको एक करोड २७ लाख सात हजार ९४८ कित्ता शेयर रु चार अर्ब ४१ करोड १६ लाख ४९ हजार ८७७ मूल्यमा खरीद बिक्री भए ।

अघिल्लो साता लगातार उकालो लागेको बजार यस साता भने ओरालो लाग्यो । छोटो समयमा नाफा कमाउने होडका कारण बजार तरल बन्न पुगेको जानकारहरुले टिप्पणी गरेका छन् । विशेषगरी बैंक, बीमा तथा उत्पादनमूलक क्षेत्रका कम्पनीको शेयरमा भने तीव्र उतारचढाव साताभर नै देखिएको छ ।

साताको पहिलो दिन वैशाख १५ गते आइतबार शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भयो । कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुग्यो । उक्त दिन प्रतिशतका आधारमा बजार १.७३ प्रतिशतले वृद्धि भयो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.१८ विन्दुले बढेर २८२.८५ विन्दुमा पुग्यो । कूल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर रु एक अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० मूल्यमा खरीद बिक्री भए ।

यस्तै सोमबार भने बजार थामियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ विन्दुले घटेर एक हजार ३१०.३१ विन्दुमा झ¥यो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.०१ प्रतिशतले घटेर २८१.८४ विन्दुमा सीमित भयो ।

नेप्से परिसूचक घटे पनि कारोवार रकम भने सो दिन अर्बमाथि नै रह्यो । कूल १७४ कम्पनीका ३० लाख १६ हजार ४८० कित्ता शेयर रु एक अर्ब १९ करोड ७७ लाख ६९ हजार आठ मूल्यमा खरीद बिक्री भए । यस्तै साताको तेस्रो दिन मङ्गलबार बजार ओरालो लागेर एक हजार २०० को विन्दुमा भ¥यो ।

सो दिन कारोवार मापक नेप्से परिसूचक ११.७० विन्दुले घटेर एक हजार २९८.६० विन्दुमा आइपुग्यो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७४ विन्दुले घटेर २७९.१० मा पुग्यो । कारोवार रकम पनि अघिल्ला दुई दिनको तुलनामा घट्यो । अर्बमाथिको कारोवार घटेर रु ९५ करोडमा झरेको छ ।

कूल १७६ कम्पनीका २९ लाख ६७ हजार ३५८ कित्ता शेयर रु ९५ करोड ८६ हजार ९३६ मूल्यमा खरीद बिक्री भए । बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । बिहीबार भने बजार ओरालो लाग्नेक्रम जारी रह्यो ।

स्टकका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ विन्दुले घटेर एक हजार २९४.३९ विन्दुमा ओर्लियो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२८ विन्दुले घटेर २७७.८२ विन्दुमा सीमित भयो ।

सो दिन कूल १७० कम्पनीका १८ लाख तीन हजार २६ कित्ता शेयर रु ५८ करोड ७८ लाख ५५ हजार ११३ मूल्यमा खरीद बिक्री भए । यस साता स्टकमा विभिन्न चार कम्पनीका शेयरसमेत सूचीकृत भए त्यसमा समिट लघुवित्त वित्तीय संस्थाको चार लाख कित्ता शेयर लाभांश, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका १२ लाख ५७ हजार ७७७ कित्ता शेयर लाभांश, तिनाउ विकास बैंकका ६ लाख आठ हजार ३२१ कित्ता शेयर लाभांश र पाँचथर पावर कम्पनीका ९६ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com