ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी नै ग्राहक बनेर गएपछि खुल्यो रहस्य…


एबीसी न्यूज


काठमाडौं,२८ बैशाख ।   भारतीय एक समूहले काठमाडौँको फाइभ स्टार होटल याक एण्ड यतिमा वैशाख २५ देखि नै एउटा नेटवर्किङ व्यवसायका विषयमा सेमिनार राखेको सूचना महानगरीय प्रहरी परिसरमा आयो ।

सर्वाेच्च अदालतले नै प्रतिबन्ध लगाएको नेटवर्किङ व्यवसाय सुनेपछि महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी अधिकारी झस्किए । कतै यो नेपाली ठग्न आएको त हैन ? भन्ने लागेर तत्कालै प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा विशेष टोली बनाइ अनुसन्धानमा खटियो । खास कुरा पत्ता लगाउन प्रहरी टोली सादा पोशाकमा ग्राहक बनेर उक्त सेमिनारमा सहभागि भयो ।

सेमिनारको तेस्रो दिन वैशाख २७ गते कार्यक्रम समापनमा पैसाको चलखेल हुन्छ भन्ने निष्कर्षका साथ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को समेत सहयोग लिएर परिसरले त्यहीअनुसारको तयारी गरेको थियो । तर पैसा फेला नपारे पनि परिसरको टोलीले अवैधधन्दा चलेको पत्ता पायो । सोही रात १० बजे उक्त व्यवसायमा संलग्न रहेका १२ भारतीय नियन्त्रणमा लिन सफल भयो ।

त्यतिबेला प्रहरीले राष्ट्र बैंक र राजस्व अनुसन्धानका अधिकारीलाई समेत सहभागी गरायो । “फाइभस्टार जस्तो होटलमा नेटवर्किङ व्यवसायका विषयमा केही भारतीयले प्रस्तुति दिँदै छन्, नेपाली पनि सहभागी छन् भन्ने जानकारी आएपछि हामी ग्राहक बनेर गएको थियौँ, हामीलाई पनि उनीहरुले प्रलोभन देखाएर लगानी गर्न आग्रह गरे”, घटनाबारे बोगटीले भन्नुभयो । “मैले ७५ लाख कमिसन पाइसकेँ ग्राण्डी हस्पिटल पछाडि घर बन्दै छ, तपाई पनि लगानी गर्नुहोस्, एक वर्षमा यसको दोब्बर हुन्छ, मैले पनि एकएक करोड लगानी गर्ने १० जना व्यवसायी बनाइसकेकी छु”, एक नेपाली महिला आएर बोगटीलाई प्रलोभनमा पार्न खोजिन् ।

सबै कुरा जानकारी लिएपछि कैफियत छ भन्ने निष्कर्षका साथ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नेटवर्किङमार्फत करोडौँ रुपैयाँ अवैधरुपमा विदेश गइरहेको र नेपाली प्रत्यक्षरुपमा ठगीइरहेको प्रहरीको ठम्याइ छ । अवैध व्यवसायका मुख्य व्यक्ति भारतका ४३ वर्षीय रसिद नसिम हुन् । “मेरो शाइन ग्रुप भनेको विश्व प्रसिद्ध कम्पनी हो, यसको मुख्य कार्यालय दुवइमा छ, यसले हाउजिङ, सुन र विदेशी विनिमयमा लगानी गर्छ, त्यसमा एक हजार २५० डलर लगानी गरे त्यती नै रकम बैंक खातामा आउँछ”, यस्तैयस्तै भनेर उसले नेपालीलाई लोभ्याएको थियो । महीनामा अरु सदस्य थपेमा थप कमिसनसमेत आउँने, ग्राहक थप्दै रु एक करोड बनाएमा त्यो कम्पनीको अध्यक्ष बन्न पनि सकिने भनेर नेपालीलाई फकाइरहेका उसले शाइन ग्रुपको शाखा सिंगापुर, लखनउ, मौरिससलगायत विभिन्न ठाउँमा रहेकोसमेत बताएको खुल्न आएको छ ।

उसको प्रलोभनमा धेरै नेपाली फसिसकेको पाइएको प्रहरीको भनाइ छ । अच्चम्मको कुरो त भारतमा बसिरहेका एक नेपालीले आफ्ना परिवारलाई फोन गरेर जिमेल आइडी खोली लगानी गर्नसमेत भनेका थिए । उनले श्रीमतीलाई नै फोन गरेर बसपार्कमा बनेको घर बेचेर भए पनि लगानी गर्नुपर्छ भनेर बताएका थिए । यस्ता घटना धेरै खुल्दै आएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकासँग केही ल्यापटप र १७ थान क्यामरा बरामद गरेको प्रहरीले पैसा भने बरामद गर्न सकेन । रसिद याक एण्ड यतीमा नबसी दैनिक भण्डै रु दुई लाख तिरेर हायत रिजेन्सी होटलमा कोठा लिएर बसेकोसमेत खुलेको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उनीहरुका विषयमा विभिन्न क्षेत्रबाट उजुरी आइरहेकाले ठगी र सङ्गठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । ठगीको कर्तुत खुल्दै उनीहरु पक्राउ परेपछि जाहेरी दिनेक्रम शुरु भएको छ । तीन जनाले महानगरीय प्रहरी परिसरमा रु एक करोड २३ लाख ठगी भएको भन्दै उजुरी दर्ता गराएका छन् ।

अन्य पनि सम्पर्कमा आउनेक्रम जारी रहेको भन्दै परिसरका प्रवक्ता होविन्द्र बोगटीले यस्ता अबैध व्यवसायमा नफस्न सर्वसाधारणलाई अपिल गर्नु भएको छ । दुई जनाको मौखिक उजुरी आएकाले सोमबार जाहेरी दिने तयारी भएको परिसरले जनाएको छ । यसअघि पनि गोल्ड क्वेष्टजस्ता विभिन्न नेटवर्किङ कम्पनीले यसैगरी ठगेको थियो ।

पक्राउ पर्नेहरु

पक्राउ पर्नेमा भारतको इलाहाबादका ३१ वर्षीय मोहमद साइजिल, सोही ठाउँका ३३ वर्षीय अजितकुमार सिंह, भारत छतिसगढका ४५ वर्षीय नीरजकुमार मिश्र, उत्तरप्रदेशका ४३ वर्षीय अशोक कुमार र ३८ वर्षीय सुनिल उपाध्यय, सोनभद्रका ४० वर्षीय रमेश राम, गुजरातका २२ वर्षीय आयुश उपाध्यय, लखनउका ३२ वर्षीय, कसिफ सकिल, नयाँ दिल्लीका ४३ वर्षीय रसिद नसिम (मुख्य व्यक्ति), बेङ्लोरका ३५ वर्षीय महेन्द्र सिंह र भारतको सारामाइलका ३२ वर्षीय गजेन्द्रकुमार सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com