जेनेभा, १३ साउन । उत्तरी इराकी शहर मोसुललाई सरकारले पुनः नियन्त्रणमा लिएपछि पनि यसअघि त्यहाँबाट विस्थापित भएका करिब ८ लाख ४० हजार व्यक्ति घर फर्किन सकेका छैनन् । संयुक्त राष्ट्रसङ्घीय आप्रवासीसम्बन्धी एजेन्सीले शुक्रबार सो जानकारी दिएको छ । इराकी सेनाले मोसुल शहरलाई आतङ्ककारीबाट फिर्ता गर्ने ...