ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आत्मघाती बम विस्फोटमा पाकिस्तानमा ५२ को मृत्यु


ABC NEWS

असोज १२ एजेन्सी/ इस्लामाबाद : पाकिस्तानको बलुचिस्तानमा शुक्रबार आत्मघाती बम विस्फोटमा परी ५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी अधिकारी पनि छन् । बलुचिस्तानको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा परी करिब ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यम डनन्युजले जनाएको छ ।

जिल्ला स्वास्थ्य अधिकारी अब्दुल रशिद शाहीले घटनाको मृतकको संख्या पुष्टि गरेका छन् । उनका अनुसार अल फलाह रोडस्थित मदिना मस्जिदमा धार्मिक कार्यक्रमका लागि स्थानीय जम्मा भएको समयमा विस्फोट भएको हो । मस्जिद नजिक स्थानीय इद उल मिलादको उत्सव मनाउने र जुलुस निकाल्ने तयारीमा थिए । डीआईजी मुनिर अहमदका अनुसार आक्रमणकारीले प्रहरीको सवारीनजिक विस्फोट गरेका थिए । विस्फोटमा परी नवाज गशगुरीको मृत्यु भएको छ ।
सहिद नबाब गौस बख्स रायसानी मेमोरियल अस्पतालका प्रमुख कार्यकारी डा. सइद मिरवानीले आफ्नो अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको बताए । उनले २० भन्दा घाइतेलाई थप उपचारका लागि क्वेटा रेफर गरिएको पनि बताए । सामाजिक सञ्जालमा आएका भिडियोमा उद्धारकर्मी र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको दृश्य देखिएको छ । हालसम्म यो घटनाको कसैले जिम्मेवारी लिएका छैनन् ।

पाकिस्तानका गृहमन्त्री सरफराज बुग्तीले घटनाको निन्दा गरेका छन् । बलुचिस्तानका कार्यवाहक मुख्यमन्त्री मिर अली मर्दन खान डोमकीले घटनाको जाँच गर्न आदेश दिएका छन् । ‘घटनामा संलग्न तत्व दयाका पात्र हुनेछैनन् । शान्तिपूर्ण जुलुसलाई निशाना बनाउनेविरुद्ध कडा कदम चालिनेछ,’ उनको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै, शुक्रबार नै खैबर पख्तुनख्वाको हंगुस्थित दोआबा प्रहरी स्टेसनमा दुई विस्फोट हुँदा एक प्रहरी अधिकारीसहित कम्पनीमा चार जनाएको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् । पहिलो विस्फोट प्रहरी स्टेसनको प्रवेशद्वारमा भएको हंगु जिल्ला प्रहरी अधिकारी निसार अहमदले बताए । त्यसपछि घटनास्थलमा स्थानीय जम्मा भएका थिए । त्यसपछि प्रहरी स्टेसनको परिसरस्थित एक मस्जिदमा अर्को विस्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com