ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिपब्लिकन पार्टीकै आठ सांसद्ले विपक्षमा मतदान गरेपछि अमेरिकी सभामुख निष्कासित


ABC NEWS

एजेन्सी १७ असोज : अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुख पदबाट केभिन म्याकार्थी निष्कासित भएका छन्।

सदनमा भएको मतदानमा उनको विपक्षमा २ सय १६ र समर्थनमा २ सय १० मत परेको हो। आफ्नै रिपब्लिकन पार्टीका सदस्य म्याट गेट्जले प्रस्तावमा मतदान भएको थियो।

म्याकार्थीलाई पदबाट हटाउने पक्षमा मतदान गर्ने २१६ सांसदमध्ये आठ जना आफ्नै पार्टी रिपब्लिकनका हुन्। उनको समर्थनमा मतदान गर्ने २१० सांसदहरू सबै रिपब्लिकन पार्टीकै हुन्।

यसलाई फ्लोरिडा रिपब्लिकन सांसद म्याट गेट्जको जितका रूपमा हेरिएको छ। गेट्जले लगातार उनको विरुद्ध बयान दिइरहेका थिए।

डेमोक्र्याट सांसदहरूले म्याकार्थीको पक्षमा मतदान गरेर उनको पद कायम राख्न मद्दत गर्नसक्ने आँकलन विश्लेषकहरूले गरे पनि त्यसो हुन सकेन।

म्याकार्थी हटेपछि सभामुख पद रिक्त भएको घोषणा गरिएको छ। नर्थ क्यारोलिनाका प्याट्रिक म्याकहेनरी अहिलेका लागि अस्थायी सभामुखमा निर्वाचित भएका छन्।

पदबाट हटाइएपछि पत्रकार सम्मेलनमा म्याकार्थीले भने, ‘व्यक्तिगत ध्यानाकर्षणका लागि यो गरिएको हो, यसको खर्चसँग कुनै सम्बन्ध छैन।’

म्याकार्थीले डेमोक्र्याटिक पार्टीको समर्थनमा, बन्दबाट बच्न खर्च विधेयक पारित गराएपछि रिपब्लिकन पार्टीका सदस्यहरू उनीसँग रिसाएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com