बुटवल १५ भदौ । लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । आज बिहान उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो भवनको शिलान्यास गरेका हुन्। ६ अर्ब १८ करोड बढीको लागतमा निर्माण हुने सो अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्ट हो । ...