काठमाडौ १५ साउन । नागरिक उन्मुक्ति नाउपाको विवाद बढ्दो छ। पार्टी संस्थापक समूहले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि उनले पनि संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन्। पार्टी संरक्षक रेशम चौधरी समूहको बुधबारको भेलाले रञ्जितालाई कारबाही गरेको थियो। रञ्जिताले ...