रामपुर, पाल्पा, २६ माघ । स्थानीयवासीको सक्रियतामा पूर्वखोला गाउँपालिका–३ को बाराहीटोलमा मोटरबाटो निर्माण गरिएको छ । पूर्वखोला गाउँपालिकाको वडा नं ३ को चुनियाँदेखि बाराही टोलसम्मको तीन किलोमिटर मोटरबाटो निर्माण गरिएको हो । साविक रिङ्नेरह गाविसको चुनियाँदेखि बाराहीटोल, भुपिया, अर्खलडाँडा हँुदै रुम्ढ्या जोड्ने सात किलोमिटर ट्रयाकमध्ये ...