काठमाडौँ, २८ पुस । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कपिलवस्तुका ४४ वर्षीय एक बिरामीको कलेजोको वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को शल्यक्रिया गरी निकालेको छ । अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता गरिएको सो अति दूर्लभ शल्यक्रियाका लागि पाँच घण्टा लागेको थियो ...