ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कप सुदूरपश्चिम र प्रदेश नं ५ ले अङ्क बाँडे


एबीसी न्यूज

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ ले एक एक अङ्क बाँडेका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेल वर्षाले प्रभावित गरेपछि सुदूरपश्चिम र प्रदेश नं ५ ले एक एक अङ्क बाडेका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले प्रदेश नं ५ लाई १८९ रनको मध्यम लक्ष्य दिएको थियो । १८९ को विजय लक्ष्यसहित मैदान उत्रेको प्रदेश नं ५ वर्षा बाधक बनेपछि खेल नै रोकियो । त्यसपछि खेल पुनः सञ्चालन हुन सकेन र खेल नै रद्द हुन पुग्यो ।

वर्षाले खेल रोकिनुअघि प्रदेश नं ५ ले १९ ओभरमा ४ विकेट गुमाएर ५६ रनको योगफल बनाएको थियो । प्रदेश नं ५ का लागि सुबेन्धु पाण्डेले २९ रन जोडेका थिए । सुदूरपश्चिमका विनोद लामाले २ विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १८८ रन जोडेको थियो । सुदूरपश्चिमका लागि खड्क बोहराले सर्वाधिक ६२ रनको योगदान दिँदा नरेश बोहराले ३१, नरेन्द्र साउदले २१ तथा लोकेश बमले १९ रन बनाए । प्रदेश ५ का लागि जीतेन्द्र सहानी, सिदान्त शाही र कृष्ण कार्कीले समान दुई÷दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com