ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित ( फोटोफिचर)


एबीसी न्यूज
जेष्ठ १६, २०७६ बिहीबार  ६ : १४ बजे
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गणतन्त्र दिवसको अवसरमा आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई सम्मान गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गर्दै ।

 

काठमाडौं, १६ जेठ । सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गर्नुभएको हो ।पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै एक हजार १०६ सभासद्लाई सम्मान गरिने छ । बिहान एक चरणको पदक वितरणको कार्यक्रम सकिएको र दिउँसो दोस्रो चरणको कार्यक्रम सञ्चालन हुनेछ ।

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधान भाग ३२ अन्तर्गत धारा २७७ को उपधारा १ बमोजिम नेपालको संविधान निर्माणमा योगदान पु¥याएबापत सभासद्लाई सम्मान गरिएको हो । पदक पाउनेको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारी पहिला नम्बरमा हुनुहुन्छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गरेर कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

पदक लिन सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनालसमेत शीतल निवास पुग्नुभएको थियो । पदक लिन शीतल निवासमा संविधानसभाका सभासद्को उल्लेख्य सहभागिता रहेको थियो । नेपालको इतिहासमा पहिलोपटक विसं २०६४ चैत २८ गते र विसं २०७० मङ्सिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवास बिहीबार गणतन्त्र दिवसको अवसरमा आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई पदक एवं सम्मान गर्ने क्रममा गृहमन्त्री रामबहादुर थापालाई पदक प्रदान गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई सम्मान गर्ने क्रममा सभामुख कृष्णबहादुर महरालाई पदक प्रदान गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भवन शीतलनिवास बिहीबार आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई पदक एवं सम्मान गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाललाई पदक प्रदान गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई सम्मान गर्ने क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई पदक प्रदान गर्दै ।
राष्ट«पति विद्यादेवी भण्डारी बिहीबार गणतन्त्र दिवसको अवसरमा राष्ट«पति भवन शीतलनिवास आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवास गणतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई पदक एवं सम्मान गर्ने क्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पदक प्रदान गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवास गणतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई पदक एवं सम्मान गर्ने क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पदक प्रदान गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवास गणतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई पदक एवं सम्मान प्रदान गर्दै
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भवन शीतलनिवास आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई पदकसहित सम्मान गर्दै ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com