काठमाडौँ, १८ भदौ । गुल्मीको रेसुङ्गा नगरपालिकामा नगरकार्यपालिका सदस्यले तालाबन्दी गरेका छन् । रेसुङ्गा नगरपालिकाले नगरकार्यपालिकालाई बेवास्ता गरी मनोमानी ढङ्गले बैठकको निर्णयविना आफूखुशी अधिकार प्रयोग गरेको आरोप लगाउँदै स्थानीय एक विद्यालयको विषयलाई लिएर उनीहरुले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आज तालाबन्दी गरेका हुन् । ...