ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफूखुशी अधिकार प्रयोग गरेको भन्दै नगरपालिकामा तालाबन्दी


एबीसी न्यूज

काठमाडौँ, १८ भदौ । गुल्मीको रेसुङ्गा नगरपालिकामा नगरकार्यपालिका सदस्यले तालाबन्दी गरेका छन् । रेसुङ्गा नगरपालिकाले नगरकार्यपालिकालाई बेवास्ता गरी मनोमानी ढङ्गले बैठकको निर्णयविना आफूखुशी अधिकार प्रयोग गरेको आरोप लगाउँदै स्थानीय एक विद्यालयको विषयलाई लिएर उनीहरुले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आज तालाबन्दी गरेका हुन् ।

नगरपालिकाले केही दिनअघि स्थानीय महेन्द्र नमूना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले नियुक्ति दिएको प्रधानाध्यापकलाई नगरपालिकाले उक्त नियुक्ति प्रक्रिया कार्यविधिअनुसार नभएको र कार्यविधिअनुसार मिलाएर नियुक्तिका लागि पुनःप्रक्रिया अघि बढाई साविककै प्रधानाध्यापकबाट काम गराउन विद्यालयलाई पत्र काटेपछि विवाद शुरु भएको होे ।

नगरकार्यपालिकाले आज नगरपालिकामा पत्रकार सम्मेलन गरी प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको योजनाअनुसार नगरप्रमुख डिल्लीराज भुसालले सिङ्गो कार्यपालिकालाई बेवास्ता गरी आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर विधि र कानूनविपरीत विद्यालयमाथि ठाडो हस्तक्षेप गरेको वडा नं १ का वडाअध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले आरोप लगाउनुभयो ।

रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय नियमसङ्गत र कानूनसङ्गत नभएका कारण आफूले त्यसलाई मिलाएर पुनःप्रक्रिया अघि बढाउन र त्यतिञ्जेलसम्म पुरानै प्राधानाध्यापकबाट काम गर्न परिपत्र गरेको बताउनुभयो । “हरेक स–साना कुरामा पनि कार्यपालिकाको बैठक बोलाउनुपर्छ भन्ने छैन, केही सामान्य कुरामा नगर प्रमुखको हैसियतले पनि काम गर्न सकिन्छ, मैले नियमसङ्गत नै काम गरेको छु”, नगर प्रमुख भुसालले भन्नुभयो ।

महेन्द्र नमूना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पन्थीले नगरपालिकाले विद्यालय व्यवस्थापन समितिले विधि र प्रक्रियापूर्वक गरेको काममा प्राधानाध्यापकको विषयलाई लिएर नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै त्यो आफ्ना लागि स्वीकार्य नभएको बताउनुभयो । “प्रअ राख्ने अधिकार विद्यालय व्यवस्थापन समितिको हो, यसमा नगरपालिकाले हस्तक्षेप गर्नै पर्ने विषय पनि छैन”, पन्थीले भन्नुभयो ।

महेन्द्र नमूना माध्यमिक विद्यालयमा साविकका प्रधानाध्यापक केशरबहादुर थापाको ठाउँमा हाल विद्यालय व्यवस्थापन समितिले सोही विद्यालयका शिक्षक युवराज ज्ञवालीलाई नियुक्ति दिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com