काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा काठमाडौंमा अनेरास्ववियूले सिठी फुकेर विरोध गरेका छन्।नेकपाका प्रचण्ड–नेपाल समूहका अनेरास्ववियू पूर्वाञ्चल विश्वविद्यालय उपत्यका कमिटीले सिठी फुकेर प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका हुन्। उनीहरूले माइतीघर मण्डलादेखि बानेश्वरसम्म सडकमा सिठी फुकेर विरोध गरेका हुन्। ...