ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभा विघटनबारे सर्वोच्चले न्यायको पक्षमा फैसला गर्नेमा ढुक्क हुन सकिँदैन : डा. भट्टराई


एबीसी / संवाददाता

काठमाडौं, १२ पुस । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनको घटनामा सर्वोच्च अदालतको आदेशको भर गर्ने ठाउँ नरहेको बताउनुभएको छ ।जसपाले आइतबार काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा.भट्टराईले सरकारको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतको आदेश आउनेमा भर पर्न नहुने बताउनुभएको हो ।

अदालत सार तत्वमा नजाने टिप्पणी गर्दै डा। भट्टराईले अदालतको ढाँचा परम्परावादी र प्रक्रियामुखी भएकाले अदालतसँग झिनो आशा भए पनि न्यायको पक्षमा फैसला हुनेमा ढुक्क हुने अवस्था नरहेको बताउनुभएको हो ।

अध्यक्ष भट्टराईले असंवैधानिकु कदमका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाइरहेको समेत बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन चाहेको उल्लेख गर्दै उहाँले संसदमाथिको प्रहारमा मात्रै प्रधानमन्त्रीको कदम नरोकिने बताउनुभयो । डा. भट्टराईले देश अक्कडमा फसेको भन्दै सहज निकास गाह्रो भएको बताउनुभयो । उहाँले नागरिकको निहित सार्वभौमसत्ता प्रयोग गरेर सभामुखले संसद् बोलाउनुपर्ने बताउनुभयो ।

यस्तै जसपा नेता राजेन्द्र महतोले सरकारले पटक–पटक प्रतिगमन गरेको टिप्पणी गर्नुभयो । अहिलेको प्रतिगमन केबल कुर्सीको लागि भएको उहाँको भनाइ छ । उहाँले प्रतिगमन नटिक्ने भन्दै नागरिकको अधिकार नमिच्न र संविधानमाथि आक्रमण नगर्न चेतावनी दिनुभयो ।

विरोध सभामा सङ्घीय परिषद् अध्यक्ष डा। भट्टराई, नेता राजेन्द्र महतो, अशोक राईलगायतको उपस्थिति रहेको थियो । जसपाले संसद् विघटनको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com