ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी


एबीसी न्यूज
चैत्र २, २०८२ सोमबार   ६ : १५   बजे

काठमाडौं, २ चैत्र। बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार अनुगमन टोली उद्योगको डिपोमा पुग्दा ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर स्टोर गरेर राखिएको फेला पारेको हो ।अनुगमनका क्रममा श्रीराम ग्यास उद्योगले १४.२ केजीका ६ हजार ३ सय ७७ वटा सिलिन्डर डिपोमा थुपारेर राखेको तर बजारमा पठाउन आनाकानी गरेको पाइएको छ ।

उपभोक्तालाई मर्का पर्ने गरी ग्यासको कृत्रिम अभाव सिर्जना गरेको ठहर गर्दै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ बमोजिम ‘अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा उद्योगलाई सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम ३ लाख रुपैयाँ तत्काल जरिबाना गरिएको छ ।विभागले जरिबाना मात्र नगरी मौज्दात अवस्थामा रहेका सबै ६ हजार ३ सय ७७ वटा सिलिन्डरहरू नेपाल आयल निगमको समन्वयमा आजकै मितिदेखि उपभोक्तालाई बिक्री वितरण गर्न निर्देशन दिएको छ ।सहज रूपमा ग्यास आपूर्ति हुनुपर्नेमा श्रीराम ग्यास उद्योगको डिपोले अनावश्यक रूपमा सिलिन्डर जम्मा गरी कृत्रिम अभाव सिर्जना गरेको र उपभोक्तालाई मार्का पारेको विभागका महानिर्देशक रोशन ज्ञवालीले बताए ।

‘बजारमा ग्यासको हाहाकार छ, तर यहाँ ६ हजारभन्दा बढी सिलिन्डर थुप्रिएका छन्,’ उनले भने, ‘यो स्पष्ट रूपमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास हो ।’ उक्त कार्य उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप अन्तर्गत पर्ने भएकोले उद्योगलाई सोही ऐन अनुसार ३ लाख रुपैयाँ तत्काल जरिबाना गरिएको उनको भनाइ छ ।वाणिज्य विभागले बजारमा ग्यास नपाएर सर्वसाधारण घण्टौं लाइनमा बस्नुपर्ने अवस्था रहँदा ठूलो परिमाणमा ग्यास होल्ड गरेर राख्नु गैरकानूनी भएको बताएको छ ।अनुगमनका क्रममा महानिर्देशक ज्ञवालीले यो कारबाहीको उद्देश्य केवल सजाय मात्र नभई बजारमा लुकाइएको ग्यास बाहिर ल्याउनु र अरूलाई पनि सचेत गराउनु रहेको स्पष्ट पारे ।

‘कसैले पनि स्टक राखेर बजारमा अभाव देखाउनु हुँदैन भन्ने सन्देश दिन यो कारबाही गरिएको हो,’ महानिर्देशक ज्ञवालीले भने, ‘यसबाट उपभोक्ताले ग्यास पाउने अवस्था सिर्जना हुनेछ ।’श्रीरामका ग्यास बिक्रेताले पनि उद्योगबाट ग्यास नआएको बताएका छन् । उद्योगले नै ग्यास नपठाएकाले गर्दा उपभोक्तालाई सहज रूपमा बिक्री गर्न नपाएको उनीहरूको भनाइ छ ।बजारमा अभाव भइरहेको समयमा अन्य ग्यास उद्योगहरूमाथि पनि निगरानी बढाइएको र कसैले पनि कालोबजारी वा होल्डिङ गरेमा कडा कानुनी कारबाही गरिने विभागले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group