ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँदैन – नेता घनश्याम भुसाल


एबीसी / संवाददाता

बुटवल, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताउनुभएको छ । लोत्तमामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै भुसालले चुनावमा जाने बाटो, प्रयोजन र प्रकृया सबै गलत भएको भन्दै वैशाखमा चुनाव हुन्छ भनेर कसैले नपत्याउने बताउनुभयो । उहाले संसद पुनर्स्थापित हुने चार महिना पनि नलाग्ने समेत बताउनुभयो । नेता भुसालले भन्नुभयो , ‘राजाले विघटन गरेको संसद त आन्दोलनको बलमा पुनर्स्थापना गरियो, अहिले नहुने कुरै छैन ।’ संसद पुनर्स्थापना नभए संविधान च्यातिन शुरु हुने र संविधान विरोधीले टाउको उठाउने मौका पाउने भुसालले बताउनुभयो ।

पार्टीका सबै कमिटी र संसदीय दलमा समेत अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विधान विपरित संसद विघटन गरेको उहाले बताउनुभयो । पार्टीले सररकारलाई काम गर्न नदिएर संसद विघटन गर्नु परेको भन्दै ओली पक्षको दाबी उहाले अस्वीकार गर्नुभयो । तत्कालीन कृषिमन्त्री समेत रहनुभएका उहाँले एमसीसी पारित गर्ने विषयमा बाहेक पार्टीले सरकारलाई कुनै विषयमा अवरोध नगरेको दाबी गर्नुभयो । एमसीसीका हकमा राष्ट्रको हितमा हुने गरी संशोधन गरेर मात्रै पारित गर्न पार्टीले सरकारलाई निर्देशन दिएको उहाले बताउनुभयो । भेलामा पूर्वसभामुख ओनसरी घर्तीले पार्टीका सबै कमिटी र संसदीय दलका आफ्नो पक्षको स्पष्ट बहुमत रहेकाले आधिकारिक नेकपा आफूहरु नै जीकिर गर्नुभयो । ‘हामी सबैतिर बहुमतमा छौं, सूर्य चुनाव चिन्ह पनि हाम्रै हुन्छ’, घर्तीले भन्नुभयो , ‘वैधानिक हुँदाहुँदै पनि दिइएन भने सडक संघर्षबाट लिन्छौं ।’ भेलामा केन्द्रीय सदस्य एवं प्रदेश सांसद दधिराम न्यौपाने, केन्द्रीय सदस्य हकिकुल्ला खां, जिल्ला सचिव निर्मल जीसी, खेम लुइटेल लगायतले मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com