ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड-नेपाल समूहले काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने


एबीसी / संवाददाता

काठमाडौं, १२ पुस । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले पुस १४ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । वरिष्ठ नेता झलानाथ खनालले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध काठमाडौंमा पचास हजार कार्यकर्ता उतारेर प्रदर्शनको तयारीमा रहेको बताउनुभयो । ‘केन्द्रीय कमिटी बैठकबाट हामीले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छौं । त्यसको तयारी र अन्य आन्तरिक व्यवस्थापनको विषयमा छलफल गर्न सचिवालयको बैठक बसिरहेको छ,’ बैठकमा सहभागि एक नेताले भन्नुभयो , ‘हामीले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध पचास हजारदेखि एक लाख कार्यकर्ता काठमाडौंमा उतार्दै छौं । त्यहि अनुसार सबै संगठनहरुलाई निर्देशन गरेका छौं । त्यसको तयारी भइरहेको छ ।’

आइतबार कोटेश्वर पेरिसडाँडामा बसेको यो समूहको सचिवालय बैठकले शक्ति प्रदर्शनको तयारीबारे पनि छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । यो समूहको बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले पहिलो चरणको कार्यक्रम अन्तर्गत पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो । आन्दोलन परिचालन कमिटीको संयोजकमा प्रवक्ता श्रेष्ठलाई तोकिएको छ । उहाको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटी बनाउने निर्णय पनि गरेको थियो । प्रदर्शनको तयारीका लागि विद्यार्थी, युवा, महिलालगायतका जनवर्गीय संगठनहरुका बैठक भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।यो समूहको केन्द्रीय कमिटी बैठकले देशभर आन्दोलन परिचालन र पार्टीका गतिविधि सक्रिय पार्न प्रदेश, जिल्ला र वडास्तरसम्मका भेला आयोजना गर्ने निर्णय पनि गरेको छ । निर्णयअनुसार पुस ११ गते काठमाडौंमा सबै प्रदेशहरूको समन्वयात्मक बैठक भइसकेको नेताहरुले बताएका छन् । शनिबार भएका बैठकले १४ गतेको प्रदर्शनको तयारी र तल्लो निकायसम्म प्रधानमन्त्री ओलीको कदमबारे कार्यकर्तालाई प्रशिक्षित गर्नेलगायत रणनीति तय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com