ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अविश्वासको प्रस्ताव सुविधाजनक बहुमतका साथ सामना गर्छु – मुख्यमन्त्री राई


एबीसी / संवाददाता
पुस १२, २०७७ आईतबार  ४ : २१ बजे

विराटनगर, १२ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव आरामले सामना गर्ने बताउनु भएको छ । प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिनुभएको छ ।

‘सुनियोजित ढंगबाट परिचालित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, संघीयतालाई असफल बनाउने निर्देशित यो अविश्वासको प्रस्ताव दर्ता भएको छ’, मुख्यमन्त्री भन्नुभयो । उहाँले सुविधाजनक बहुमतका साथ सामना गर्ने समेत बताउनुभयो । मुख्यमन्त्री राईले विवेक भएका प्रदेश सदस्यहरु भएकाले आफ्नो पद जोगिने दावी गर्नुभयो । मुख्यमन्त्री राईले यो प्रस्ताव प्रदेशलाई तहसनहस बनाउने चाहनामा आधारित भएकाले यसलाई असफल बनाउन बहुमत सदस्यहरुको साथ पाउने आशा गर्नुभएको छ । उहाले प्रदेश १ मा अब सर्वदलीय सरकार बन्न सक्ने संकेत गर्नुभयो। ‘यो स्वभाविक र प्राकृतिक जगबाट आएको होइन । त्यसैले प्रदेशसभाको सम्पूर्ण दलहरु छलफल गर्छौ । सबै दलहरु बीचको सहमति बन्छ’, उहाँले भन्नुभयो ।

केन्द्रको प्रभाव प्रदेशसम्म

मुख्यमन्त्री राईले आफूविरुद्धको अविश्वास प्रस्ताव केन्द्रकै असर भएको बताउनु भएको छ । उहाले आफूले प्रदेशलाई गतिका साथ अगाडि बढाइरहेको र अविश्वास ल्याउनुपर्ने कारण नरहेको दावी गर्नुभयो । राईले संसद विघटनको प्रस्ताव सही कदम भएको समेत दावी गर्नुभयो । ‘प्रधानमन्त्रीलाई बन्द कोठाभित्र राखेर लेनदेन गर्न घेराबन्दी गरियो । त्यसैले विकल्पमा ताजा जनादेशमा जाने निर्णय गर्नुभयो । त्यही विकल्प सही थियो’, भन्नुभयो । संविधान र संघीयता असफल पार्दै प्रतिगामीहरुलाई बल पुग्नेगरी नेकपाकै नेताहरुले प्रधानमन्त्रीलाई घेराबन्दी गरिएको उहाको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com