विराटनगर, ४ चैत्र । खोटाङको केपिलासगढी गाउँपालिका–२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।
खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गरिन् । दुर्घटनामा कसैको पनि हताहती नभएको उनको भनाइ छ । केपिलासगढी गाँउपालिका–२ का वडाअध्यक्ष मिलन राईले दुर्घटनामा एकजना घाइते भउको नेपाल बताए । उनले भने, ‘एकजना घाइते भएको भन्ने आएको छ । म केही समयमा घटनास्थल पुग्छु ।’








प्रतिक्रिया दिनुहोस्