काठमाडौं, १२ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ ।दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबारबाट शुरु भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाका अनुसार ...