ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमरेड केपी ओली सर्वसत्तावादी शासक बन्नुभयो : नेतृ शाक्य


एबीसी / संवाददाता

काठमाडौँ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी शासक बनेको बताउनुभयो । पार्टीले आयोजना गरेको संसद् विघटनको विरोधमा आयोजित सभामा बोल्दै शाक्यले प्रधानमन्त्री ओलीले जनताले गरेको आन्दोलन र संविधानको अपेक्षा पूरा गर्न नसकेको बताउनुभयो । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा नेतृ शाक्यले भन्नुभयो,जनताको शक्तिको अगाडि राजसंस्था त टिकेन भने केपी ओली कहाँ टिक्छ ? केपी ओली आज कामरेड बन्नुभएन, सामन्ती शासक बन्नुभयो, सर्वसत्तावादी शासक बन्नुभयो । जनताको अधिकार खोस्ने शासक बन्नुभयो ।
‌केपी ओली प्रधानमन्त्री भइसकेपछि मुलुक अगाडि बढ्छ । गणतन्त्र, समाजवाद अगाडि बढ्छ लागेको थियो । जनताले दुःख पाउने छैनन् लागेको थियो । जनताले सडकमा जानुपर्ने छैन लागेको थियो । तर फेरि एकचोटी संघीय गणतन्त्रमाथि, संविधानमाथि प्रहार गरेको छ । संविधानमाथि कू भएको छ, शाक्यले भन्नुभयो । नेकपाले तीनवटै तहमा जनताबाट सरकार सञ्चालन गर्ने अधिकार प्राप्त गर्दा पनि प्रधानमन्त्री ओलीका कारण त्यसो हुन नसकेको शाक्यको भनाइ थियो । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले मंगलबार देशभर संसद विघटनको विरोधमा प्रदर्शन गरिरहेको छ । काठमाडौंको कार्यक्रममा अध्यक्षद्वय दाहाल र नेपाललगायतका नेताहरू सहभागी रहेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com