ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस हाम्रो असल मित्र हो – चिनियाँ विशेष टोली


एबीसी / संवाददाता

काठमाडौँ, १४ पुस । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न आएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आइतबार आएको चार सदस्यीय विशेष टोलीले मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।

आइतबार र सोमबार नेकपाका दुवै पक्ष (ओली समूह र दाहाल–नेपाल समूह) लाई भेटेर दुवै समूहलाई फाइदा हुने गरी मिलेर अगाडि बढ्न सुझाव दिएको उक्त चिनियाँ टोली कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेको थियो । छलफलमा देउवाका तर्फबाट नेता नारायण खड्का र देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई समेत सहभागि हुनुभएको थियो । उक्त भेटका क्रममा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौले कांग्रेस चीनको असल मित्र रहेको बताएको देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले बताउनुभयो।

आफू नेपाल आउनु अघि बेइजिङमा राष्ट्रपति सी चिनफिङले तपाईं (देउवा) सँग सन् २०१९ मा नेपाल आउँदा भएको भेटको उल्लेख गर्दै आफ्नो तर्फबाट धन्यवाद दिन लगाउनु भयो,’ टोलीले देउवालाई भन्नेको कुरा उल्लेख गदै भट्टराईले भन्नुभयो । कुओले नेपालका सबै राजनीतिक दलसँग चीनले असल सम्बन्ध रहेको पनि उल्लेख गर्नुभएको थियो । उहाले बीपी कोइरालाको सरकारदेखि नै कांग्रेससँग चीनको असल सम्बन्ध रहेको र त्यो अहिले पनि उस्तै रहेको समेत बताउनुभयो । उक्त टोलीलाई सभापति देउवाले अर्को वर्ष (सन् २०२१) मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पुग्न लागेकोमा बधाई दिनुभएको थियो ।

जवाफमा कुओले धन्यवाद दिँदै अर्को वर्ष चीनले भव्य कार्यक्रम गर्न लागेको र त्यसमा देउवालाई पनि सामेल हुन निम्तो दिनुभएको छ । नेकपाभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिँदै गएपछि चिनियाँ टोली स्थलगत अवस्था बुझ्न नेपाल आएको हो । उक्त टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो भने सोमबार पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com