ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

प्रचण्ड –नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी गरेको विरोध प्रदर्शन (कहाँ कस्तो, फोटोफिचर)


एबीसी / संवाददाता

काठमाडौं, १४ पुस ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन शुरु गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।

काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको विघटन संविधानको मर्म र भावनाविरुद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डपमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले संविधानमा हुँदै नभएको प्रावधान प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिए पनि वास्तविक अर्थमा विघटन नभएको बताउनुभयो । “सदनभित्र गएर विकल्प खोज्दा देखिएन भने मात्र प्रतिनिधिसभा विघटन हुन सक्छ भन्ने व्यवस्था संविधानमा राखिएको हो”, प्रतिनिधिसभाभित्र सरकार बन्ने चार विकल्प हुँदासम्म विघटन गर्न नसकिने जिकिर गर्दै उहाँले भन्नुुभयो, “तर अहिले संविधानको मर्म र भावनामाथि निर्मम ढङ्गले प्रहार गरिएको छ, यो सदन, सार्वभौम सांसद र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानमाथिको प्रहार हो ।

” संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिनु बिडम्बनायुक्त भएको बताउँदै उहाँले भन्नुुभयो, “सदन विघटन भएको छैन, सदन जीवित छ, सरकार संविधानको मर्म र जनताको भावना विपरीत गएको छ, प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलन रोकिँदैन ।” संविधानको अक्षर र भावनालाई सर्वोच्च अदालतले सम्मान गर्ने विश्वास व्यक्त गर्दै उहाँले संविधानको मर्म र भावना न्यायालयले बुझ्दैन भनेर आफूले सोच्न पनि नसक्ने बताउनुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध जनताले गरेको प्रदर्शनलाई संसद् पुनःस्थापनाका लागि दबाब दिएका रुपमा नबुझ्न न्यायालयलाई आग्रह गर्दै उहाँले यसलाई जनताको प्रतिरोधलाई सहजीकरणका रुपमा हेरिदिन आग्रह गर्नुभयो । समयमै गल्ती सच्याएर जाँदा जनताले माफी दिने जनाउँदै उहाँले प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलनको आँधीबेहरी सिर्जना गरिने चेतावनी दिनुभयो । पार्टीभित्र बहस र छलफल शुरु गर्दा अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको खेल खेलेको आरोप लगाउँदै उहाँले प्रधानमन्त्री कहिल्यै बैठकमा बस्न तयार नभएको जिकिर गर्नुभयो ।

पार्टी एकता हुँदाको बखत निर्वाचन आयोगमा पेश गरिएको केन्द्र्रीय सदस्यको विवरणअनुसार आफूहरुसँग ७० प्रतिशतभन्दा बढी सदस्य रहेको जिकिर गर्दै उहाँले पार्टीको आधिकारिता र निर्वाचन चिह्न सूर्य आफूहरुले नै पाउने जिकिर गर्नुभयो । सो अवसरमा नेकपा केन्द्रीय सङ्घर्ष समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना नभएसम्म आफूहरुको आन्दोलन नरोकिने बताउनुभयो । ऐतिहासिक आन्दोलन, संविधानको मर्म र भावना विपरीत सरकारले संसद् विघटनको सिफारिश गरेको जनाउँदै उहाँले सरकारको कदमविरुद्ध देशव्यापी आन्दोलनलाई बुलन्द पार्न आग्रह गर्नुभयो । पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेशका इञ्चार्ज अष्टलक्ष्मी शाक्यले लगातार पार्टी कमिटीको बैठक बहिष्कार गर्नाका साथै जनप्रतिनिधिमूलक संस्था विघटन गरेर ओलीले जनभावना विरुद्ध कदम चालेको आरोप लगाउनुभयो । विरोधसभाअघि राजधानीका १३ स्थानबाट जुलूस नगर परिक्रमा गर्दै भृकुटीमण्डप पुगेको थियो । टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट निस्केको जुलूसलाई पार्टीका शीर्ष नेताले नेतृत्व गर्नुभएको थियो । नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध जनप्रदर्शन गर्न सचिवालय सदस्य श्रेष्ठका संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । यही पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।

यसैवीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताउनुभएको छ । नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको दावी गर्नुभयो । नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी रहेको जिकिर गर्नुभयो । नेता रावलले भन्नुभयो, “केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला ।”

यसैवीच प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका नेत्री रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न आन्दोलनमा गएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित विरोधसभामा नेत्री झाँक्रीले न्यायपालिकालाई जनताको आवाज सुनाउन देशभर विरोध प्रदर्शन गरिएको बताउनुभयो । संविधानको अन्तिम व्याख्याता सर्वोच्चले लोकतन्त्रको पक्षमा फैसला गर्ने भन्दै उहाँले न्यायालयले जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर फैसला गर्ने कुराप्रति आफूहरु पूर्ण विश्वस्त रहेको बताउनुभयो । न्यायलय कोही कसैबाट प्रभावित हुन नहुने विचार व्यक्त गर्दै नेत्री झाँक्रीले भन्नुभयो, “विधिको शासन कायम गर्ने अन्तिम जिम्मेवारी अब न्यायालयको काँधमा आइपुगेको छ । सङ्घीयतालाई बलियो बनाउन संसद् पुनःस्थापना हुनै पर्छ ।” जनताले समृद्धिको आशसहित नेकपालाई दिएको बहुमतलाई वर्तमान सरकारले दुरुपयोग गरेको उहाँको आरोप थियो । विरोधसभामा नेकपाका केन्द्रीय सदस्यत्रय नरबहादुर विष्ट, विन्दमान विष्ट र झकबहादुर मल्लले सङ्घीयता खतरामा परेको र त्यसको रक्षाका निम्ति संसद् पुनःस्थापना अपरिहार्य रहेको दावी गर्नुभयो । आज प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाले कर्णालीका १० वटै जिल्लामा विरोध प्रदर्शनका साथै सभा कार्यक्रम सम्पन्न गरेका छन् ।

यसैबीच सुनसरी सदरमुकाम इनरुवामा नेकपा दाहाल–नेपाल समूहले संसद विघटनविरुद्ध विरोध प्रर्दशन गरेको छ । मंगलबार सुनसरीका धरान, इटहरी, इनरुवा, दुहबी, रामधुनीलगायतका स्थानबाट ठूलो संख्यामा भेला भएका कार्यकर्ताहरुले संसद विघटनविरुद्ध विरोध पर्दशन गरेका हुन् ।

इनरुवाको महेन्द्र चोकबाट निस्किएको विरोध र्याली इनरुवा नगपालिका, शान्ति चोक, लोकतान्त्रिक चोक, जिल्ला प्रहरी कार्यालय हुदै बसचेकमा गएर सभामा परिणत भएको थियो । विरोध पर्दशनमा नेकपा कार्यकर्ताहरुले प्रधानमन्त्री ओली विरुद्ध चर्का नरावाजी गर्दै संसंद पुर्नस्थापना गर्न माग गरेका थिए ।

सभालाई सम्बोधन गर्दै नेकपा स्थायी सिमित सदस्य तथा प्रदेश १ का इन्चार्ज भीम आचार्यले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी संघीयता र गणतन्त्र मास्ने षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।उहाले नेकपा केन्द्रीय समिति दाहाल–नेपाल समुहमा दुई तिहाई बहुमत भएपछि जिल्ला कमिटी र प्रदेश कमीटीमा कारबाहीमा परेका व्यक्तिलाई मनोनित गरी १२ सयको केन्द्रिी समिति बनाइ नांगो नाच प्रर्दशन गरेको आरोप लगाउनुभयो । उहाले देशभरका नेकपा कार्यकर्ताहरु दाहाल नेपाल समुहमा नै रहेको र केपी ओलीले पार्टी फुटाएको आचार्यको भनाइ थियो ।

त्यस्तै सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य महफुज अन्सारीले प्रधानमन्त्री केपी ओलीको संसद विघटन र नेकपाको विवादलाई कसैको दबाबमा नपरीकन फैसला गर्न सर्बोच्च अदालत र निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । उहाले प्रधानमन्त्री ओलीले संबैधानिक निकायका प्रमुखहरुको समेत असंवैधानिक नियुक्ति गरेका कारण संवैधानिक निकायबाट दिने सेवामा समेत सत्य तथ्य फैसला नआउने भन्दै सचेत हुन सबैमा आग्रह गर्नुभयो।

समालाई सम्बोधन गर्दै नेकपाकी अर्की केन्द्रिय सदस्य रामकुमारी चौधरीले पनि संसद विघटनले देशमा अस्थिरता निम्ताएको बताउनुभयो । प्रधानमन्त्री ओलीले विदेसि शक्तिको इसारामा संसद विघटन गरेको उहाको आरोप थियो ।

यसैवीचप्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले संसद विघटन गरेको भन्दै त्यसको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले पोखरामा मंगलवार विरोध प्रदर्शन गरेको छ । आन्दोलनमा सहभागीले कालोपट्टि बाँधेर ओली सरकारविरुद्ध चर्का नाराबाजी गरे । उनीहरूले नालायक सरकार राजीनामा दे, प्रतिगामी सरकारलाई असफल पारौं, नेपाल कम्युनिस्ट पार्टी नेकपा जिन्दावाद, प्रतिगामीहरू होशियार, वीर शहीद लालसलाम, प्रतिगामी ओली होशियार, संविधान मिच्न पाइँदैन–केपी ओली चाहिँदैन लगायतका चर्का नाराबाजी गरेका थिए ।

पोखराको चिप्लेढुंगाबाट शुरू र्याली महेन्द्र पुल, नयाँबजार हुँदै पृथ्वीचोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली अरुको सेटिङमा चल्दा आफैं फसेको बताउनुभयो । संसद विघटन गरेर आफूसहित मुलुकलाई नै अँध्यारो सुरुङमा प्रवेश गराएको उहाको टिप्पणी छ ।

संसद विघटन गर्ने कुरा ओलीले भनेजस्तो आफ्नै सेटिङमा नभई अरुको सेटिङमा भएको उहाको दाबी छ । उहाले भोलि तिनै सेटिङ गर्नेहरूले ओलीलाई अधिकारका निम्ति आफूहरूसँग आउने अवस्था ल्याउने टिप्पणी गर्नुभयो । नेकपालाई भोट दिने ४५ लाखभन्दा बढी भोट दिने र लोकतन्त्रका पक्षपातीहरू अहिले दुःखी बनेको र प्रधानमन्त्री ओलीको कदमलाई धिक्कारिरहेका उहाको ठहर छ ।

उहाले अब संसद पुनःस्थापना नहुँदासम्म आन्दोलन निरन्तर रहने जानकारी समेत दिनुभयो। ‘जबसम्म संसद पुनःस्थापना हुँदैन, तबसम्म हाम्रो आन्दोलन निरन्तर रहन्छ,’ उहाले भन्नुभयो । चुनाव चिह्न सूर्य र आधिकारिक नेकपा आफ्नै हुने दाबी गर्नुभयो । नेता खिमलाल देवकोटाले प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक, अराजनीतिक र अनैतिक कदम चालेको बताउनुभयो । संविधानको चीरहरण गर्ने काम प्रधानमन्त्रीबाट भएको उहाले उल्लेख गर्नुभयो । उहाले सरकार जन्माउन नसके मात्र संसद भंग हुने प्रावधान रहेको बताउनुभयो । गणतन्त्र नेपालमा महाराज बन्ने छुट कसैलाई नरहेको टिप्पणी गनुभयो।

सभामा नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे ‘उत्तम’, केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज राजकाजी गुरुङ, केन्द्रीय सदस्य सीता गिरी ओली, कास्की सचिव बखानसिंह गुरुङ र धनराज आचार्य लगायत नेताहरूले संसद पुनःस्थापना हुनुपर्ने बताउनुभयो । विरोध सभामा सहभागी हुन कार्यकर्तालाई बसबाट पोखरा उतारिएको थियो ।

यसैवीच नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले केपी शर्मा ओलीले लोकतन्त्रमाथि धावा बोलेको बताउनुभयो । नेकपा प्रचण्ड– नेपाल समूहले मंगलवगार घोराहीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता ज्ञवालीले ओलीले संसद विघटन गरेर लोकतन्त्रमाथि ठूलो धावा बोलेको बताउनुभयो ।  ‘लोकतन्त्रमाथि ओली सरकारले धावा बोलेको छ। यो गणतन्त्रमाथि धावा हो’, ज्ञवालीले भन्नुभयो ,‘ संविधानमाथि ओली सरकारको ‘कू’ले लोकतन्त्रसँगै कम्युनिष्ट आन्दोलन नै खतरामा पार्ने काम गरेको छ।’ ओलीलाई संघीय गणतान्त्रिक व्यवस्थाले प्रधानमन्त्री बनाइए पनि ओली निरकुंश शासक बनेर गणतन्त्रको विरोधमा उत्रिएको उहाले आरोप लगाउनुभयो । उनअले संसद पुनर्स्थापना नभएसम्म संघर्ष निरन्तर अगाडि बढाउने भन्दै त्यसका लागि सहकार्य गर्न लोकतन्त्रवादी पक्षधरलाई समेत आग्रह गर्नुभयो ।

यसैवीच  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम लामो समयसम्म नटिक्ने बताउनुभयो । संसद् विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले मंगलबार बुटवलमा आयोजना गरेको प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै उहाले तीन महिना भित्रमा संसद् पुनःस्थापना गरेरै छाड्ने दाबी समेत गर्नुभयो । ‘बढीमा तीन महिनाभित्र संसद पुनःस्थापना हुनेछ,’ उहाले भन्नुभयो ‘लोकतन्त्रको संरक्षक सर्वोच्च अदालतले लोकतन्त्रमा विवेकपूर्ण निर्णय गर्नेछ ।’ संसद् पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको भुसालले बताउनुभयो । प्रधानमन्त्रीको कदमविरुद्ध आफूहरुको आन्दोलन नरोकिने बरु हेरक ठाउँमा बढ्दै जाने उहाको भनाइ छ । प्रधानमन्त्री ओलीलाई दुई तिहाई मत दिएर संविधान रक्षाको लागि पठाएको तर तानाशाही तरिकाले संविधान माथि बर्खिलाप गरेको भुसालले बताउनुभयो । ओलीकै कदम र स्वेच्छाचारी शैलीले अहिलेको अवस्था आएको बताउदै प्रतिनिधिसभा विघटन आन्दोलनबाटै फिर्ता गराउने पनि भुसालले दावी गर्नुभयो ।

यस्तै प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले उपत्यकाबाहिर पनि प्रदर्शन र विरोध सभा गरेको छ । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध नेकपाका नेता तथा कार्यकर्ताले मुलुकका प्रमुख सहर पोखरा, विराटनगर, वीरगञ्ज, जनकपुर, बुटवल तथा विभिन्न जिल्ला सदरमुकामहरुमा प्रदर्शन गरेका हुन् । विरोध ¥यालीमा नेकपाका हजारौं कार्यकर्ता सहभागी थिए । उनीहरुले प्रतिनिधिसभा विघटनको निर्णय तत्काल सच्याउन माग गरेका छन् ।  यसैगरी, नेकपा प्रचण्ड र नेपाल समूहले संसद विघटनविरुद्ध वीरगञ्जमा पनि प्रदर्शन गरेको छ । संसद पुनस्र्थापनाको माग गर्दै नेकपा पर्साले निकालेको विरोध जुलुस घण्टाघरबाट सुरु भई माईस्थान, आदर्शनगर, घडिअर्वा पोखरी हु“दै पुनः घण्टाघरमा आएर विरोधसभामा परिणत भएको थियो । सभालाई नेकपाका केन्द्रीय सदस्य तथा स्थानीय नेताले सम्बोधन गरेका थिए । उनीहरुले राष्ट्रपति भण्डारी नै असंवैधानिक कदमको मतियार बनेको आरोप लगाए । राष्ट्रपति मुलुकको अभिभावक भए पनि त्यस अनुसारको कार्य गर्न नसकेको उनीहरुको भनाइ थियो । प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि उनीहरुले बताए । यसैवीच दैलेख, चितवन , बाँके लगाएतका ७७ ओटै जिल्लमा आज वृह्त प्रर्दशन गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आइतबारदेखि हिउँदे अधिवेशन प्रारम्भ हुँदै

काठमाडौँ, २२  फागुन । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही

२४ घण्टामा कोरोनाबाट भारतमा १०९ जनाको मृत्यु , १८ हजार २९२ जनामा संक्रमण,

काठमाडौं, २२ फागुन ।  भारतमा १ करोड ११ लाख ९१ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार २९२

‘फोर्स ल्यान्डिङ’ या ‘क्र्यास ल्यान्डिङ’ नभई मुुलुकलाई अघि बढाउने सम्भावना बोकेको ‘सेफ ल्यान्डिङ’ : प्रधानमन्त्री (फोटोफिचर)

काठमाडौं, २१ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण नयाँ युुगमा प्रवेश गरेको बताउनुुभएको छ । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको

सम्बन्धित

विश्वभर ९ करोड २२ लाखभन्दा धेरैले जिते कोरोना

आइतबारदेखि हिउँदे अधिवेशन प्रारम्भ हुँदै

२४ घण्टामा कोरोनाबाट भारतमा १०९ जनाको मृत्यु , १८ हजार २९२ जनामा संक्रमण,

‘फोर्स ल्यान्डिङ’ या ‘क्र्यास ल्यान्डिङ’ नभई मुुलुकलाई अघि बढाउने सम्भावना बोकेको ‘सेफ ल्यान्डिङ’ : प्रधानमन्त्री (फोटोफिचर)

नारायणगढ–मुग्लिन सडक एक हप्ता दिउँसो बन्द हुने

अचानक बामदेव निवास किन पुगे प्रधानमन्त्री ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com