ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले संविधानमाथि इतिहासकै ठूलो प्रहार गरे – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता

काठमाडौं, १४ पुस। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र विरोधी, धर्म विरोधी भएको बताउनुभयो । ओलीले संसद विघटन गरेको विरोधमा आज राजधानीमा आयोजित नेकपाको सभामा सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताउनु भएको हो। ओलीले संविधानमाथि इतिहासकै ठूलो प्रहार गरेको समेत उहाँले बताउनुभयो । प्रचण्डले कम्युनिष्ट आदर्श र विचारबाट स्खलित प्रतिनिधी भएको ओलीको प्रवृतिबाट प्रष्ट भएको बताउनुभयो। प्रचण्डले सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेको मुद्धामा उचित फैसला गर्ने दाबी समेत गर्नुभयो । प्रचण्डले केपी ओलीले विगतमा पनि सचिवालय बैठकमा आफूलाई बोल्न र गुनासो राख्न नदिएर तानाशाही प्रवृति देखाएको बताउनुभयो। प्रचण्डले पार्टी एकताको बेलामा भएको आलोपालो प्रधानमन्त्री बन्ने सहमति पनि आफूले भंग गर्नु आफ्नो गल्ती भएको बताउदै गल्ती भएको समेत बताउनुभयो ।

सर्वोच्चले संधिवानको भावना र मर्म बुझ्दैन भनेर सोच्नसमेत नसक्ने उहाको भनाइ थियो । प्रचण्डल ओली कम्युनिष्ट आदर्श, विधि, विधान र विचारमा स्खलित तथा निरंकुश भएको बताउनुभयो ‘ओली माक्र्सवाद, लेनिनवाद, कम्युनिष्ट विचार र विधि पद्धतिबाट स्खलित मानिस हो’, ओलीले भने, ‘ओली निरंकुश र तानाशाह हो, लोकतन्त्रवादी होइन । ’ प्रचण्डले मदन भण्डारीको एक समयको भाषण स्मरण गर्दै प्रतिगमनविरुद्धको आन्दोलन भत्केरु मात्र भएको र जन्ती आउन बाँकी नै रहेको चेतावनी दिनुभयो । ‘यो त भत्केरु मात्र आएकोहो, जन्ती आउन बाँकी नै छ । नेपाली जनता जागिसेकका जनता हुन्, लामो संघर्ष र बलिदान गरेर संघर्षको लामो युग पार गरेको नेपाली जनता हो’, उहाँले भन्नुभयो , ‘निरंशुकताका पक्षधरहरु हो तिमीहरुले जनता भनेको झुक्याएपछि झुक्किन्छ्,, ठगी गरेपछि ठगिन्छन् भन्ने नसोच । ढाई सय वर्ष पुरानो राजतन्त्र बढार्न सक्ने जनताले निरंशुकताका पूजारीलाई सजिलै फल्न सक्नेछन् ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com