काठमाडौं, १६ असार । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेपछि कम्तिमा ६० जनाको ज्यान गएको छ । ब्रिटिश कोलम्बिया प्रहरीले सोमबारयता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ ।ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिकहरू धेरै छन् । ब्रिटिश कोलम्बियाको लीटनमा तापक्रम ४९ दशमलव ९ डिग्री सेल्सियस ...