ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाली संरक्षण गर्न रुख काट्ने अभियान


एबीसी / संवाददाता

काठमाडौं, ८ वैशाख । बागलुङको काठेखोला गाउँपालिकाको वडा नं ५ मा अन्नबाली र फलफूलखेती विस्तार गर्न रुख काट्ने अभियान सुरु गरिएको छ । गाउँपालिकाले डेढ वर्षअघि गरेको निर्णयानुसार खेतीपातीलाई असर पर्ने रुख कटान गर्न थालिएको हो । सुन्तला लगायतका बालीमा असरपर्ने १० मिटर वरिपरिका रुख काट्न थालिएको वडा नं ५ का अध्यक्ष शिवप्रसाद कँडेलले बताउनुभयो । रुख काटेपछि अन्नबालीको उत्पादन बढाउन सकिने स्थानीयवासी टीकाराम सापकोटाले बताउनुभयो । उहाँको बारीमा उम्रेका अनुत्पादक रुख काटेर अहिले धान, गहुँ र मकै लगाउने गरिएको छ । यहाँका किसानले बारीमा अदुवा र बेसार जातको खेतीसमेत गरेका छन् ।

यसअघि वडा नं ६ मा अनुत्पादक रुख काटेर सुन्तलाका बिरुवा हुर्काउने चलन सुरु भएको थियो । यो अभियानबाट किसानले बढी फाइदा लिन थालेपछि वडा नं ५ को माथिल्लो बिहुँमा पनि अभियानकै रुपमा रुख काट्न थालिएको हो । “काठ बन्ने ठूला प्रकारका रुख काटेका छैनौँ”, वडाध्यक्ष कँडेलले भन्नुभयो, “अन्नबाली र फलफूलबाट बढी फाइदा लिन सकिने स्थानका रुख मात्रै काटेका हौँ ।” यसरी रुख काट्दा बस्तीमा बाँदरको समस्या पनि कम हुने किसानले बताएका छन् ।जिल्लाका अन्य पालिकामा पनि फलफूल र तरकारीसमेत लगाउने बारीमा रुख काट्ने अभियान चलेपछि गाउँ रमाइला देखिन थालेका छन् । बागलुङ–६ को सिम गाउँमा पनि यस्तै अभियान चलेको छ । पहिला सदरमुकामबाट जङ्गल मात्रै देखिने यो गाउँका रुख काटेपछि उघारो देखिन्छ । सिमका किसानले पनि रुख काटेपछि बारीमा व्यावसायिक रुपमा तरकारीखेती लगाउन थालेका छन् ।

मध्यपहाडी लोकमार्गको छेवैमा रहेकाले बिहुँमा भने यातायातमा पनि सहज अवस्था आएको छ । घुम्तीमा विपरीत दिशाबाट आएका सवारीसमेत नदेखिने समस्या अहिले हट्न थालेको हो । वडा नं ५ को रिजालचोकदेखि घोडाबाँधेहुँदै भ्यूटावर जाने सडक खण्डमा पनि केही रुख काट्नुपर्ने अवस्था परेको स्थानीयवासीले बताएका छन् । रुख फँडानीका लागि टोल–टोलमा समिति गठन गरिएको वडा नं ५ को मिलन चोकका प्रेम श्रीषले जानकारी दिनुभयो । रुख कटानका लागि यहाँका किसानले मेसिन खरिद गरेर ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

सन् २०२५ मा ‘विध्वंसकारी सौर्य आँधी’ र अर्को ‘विश्वव्यापी महामारी’को सामना गर्नु पर्ने खतरा : इकोनोमिष्ट

कजान समिट भावी संसारको एक झलक !

डोनाल्ड ट्रम्प भन्छन् : उनले आफ्नो शत्रु सार्वजनिक गर्नेछन्, नागरिकहरू विरुद्ध  सैनिकहरूले राजनीतिको खेल खेल्छन्।

ईरानी आणविक वा तेल केन्द्रहरूमा नभई सैन्य केन्द्रहरूमा आक्रमण गर्न नेतान्यहूले अमेरिकासँग अनुमति मागे

समग्र अमेरिकी नीतिको ट्रम्पीकरण : इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com