ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानिय निर्वाचनमा १ लाख ६८ हजार सुरक्षाकर्मी खटिने, ३० मिनेटभित्रै पुग्नेगरी सेनाको तयारी


एबीसी / संवाददाता

काठमाडौं १० बैशाख । नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने पालिका चुनावलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ। सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आआफ्नो तयारी तीव्र पारेको जनाएका छन् ।

निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको गृह मन्त्रालयले जनाएको छ । केही सुरक्षा शक्तिलाई तयारी अवस्थामा राखिएको छ । मर्यादित निर्वाचनको महत्त्वपूर्ण सर्त नै शान्तिपूर्ण वातावरण सिर्जना गर्नु हो । त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विश्लेषण गरेर सुरक्षा रणनीति निर्माण गर्नु जरुरी हुन्छ । बिहीवार मात्रै गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको सुरक्षा प्रबन्ध प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । गृहमन्त्री खाणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले त्यसमा कुनै पनि कसर बाँकी नराखि कार्य गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । निर्वाचनमा आउन सक्ने चुनौती चिर्दै शान्तिपूर्ण रुपमा सम्पन्न गराउने विषयमा सुरक्षा अधिकारीले गृहमन्त्री समक्ष निर्वाचन सुरक्षा योजनाबारे ‘ब्रिफिङ’ पनि गरिसकेका छन् ।

यसपालिको निर्वाचनमा नेपाल प्रहरीले ६५ हजारभन्दा बढी जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा परिचालन गर्ने गरी आवश्यक रणनीति तयार पारेको छ भने नेपाली सेनाका ७१ ह्जार जनशक्ति निर्वाचनमा खटिने छन् । यस्तै सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति निर्वाचनमा खटिने छन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातारण तयार पार्ने गरी प्रहरीले निर्वाचन सुरक्षा रणनीति बनाएको बताउनुहुन्छ। नेपाल सरकारले सबै सुरक्षा निकायको सहभागिता रहने गरी एकीकृत सुरक्षा योजना बनाएको छ । निर्वाचनमा सबै सुरक्षा निकायको संयुक्तरुपमा काम हुनेछ । त्यसका अलावा हरेक सुरक्षा निकायले आआफ्नै आन्तरिक रणनीति पनि तयार पारेका छन् । निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रुपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले काम गर्ने केसीले बताउनुभयो । विभागलाई भने सूचना सङ्कलनमा मुख्य जिम्मेवारी छ ।

यसपालि कुनै आपराधिक समूहको गतिविधि नदेखिएको र विद्रोही समूहसमेत नरहेकाले पनि सुरक्षामा ठूलो बाह्य चुनौती नदेखिएको सुरक्षा संयन्त्रको निष्कर्ष छ तर पनि दलहरुबीच आन्तरिक तथा अन्तरदलमा हुनसक्ने विवाददेखि तर्साउने, धम्क्याउने, उम्मेदवार तथा मतदातामाथि आक्रमण र प्रत्याक्रमणका घटना हुनसक्छन् । दलका नेतामाथि आक्रमण तथा कार्यकर्ताबीच झडप हुनसक्ने सम्भावना कायमै रहेकाले त्यसतर्फ सुरक्षा निकायको बढी ध्यान रहेको सुरक्षा अधिकारीको भनाइ छ । यसपालि ठूलो थ्रेट केही छैन, उही भौगोलिक अवस्था, चुनावमा हुनसक्ने राजनीति दलको प्रतिस्पर्धा र झडपलगायत चुनौती हुनसक्छ, हरेक चुनौती आकलन गरेर योजना बनाइएको छु प्रवक्ता केसीले भन्नुभयो । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र प्रायजसो पालिका तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । अयोगले निर्वाचन सामग्री जिल्ला जिल्लामा पठाउन थालिसकेको छ । त्यसैले पनि जिल्लामा सुरक्षा कडा पार्न थालिएको छ ।

आयोगले निर्वाचनको पर्यवेक्षणका लागि ४४ संस्थालाई अनुमति दिने निर्णय गरिसकेको छ । ती संस्थाबाट १० हजार पर्यवेक्षक खटिने छन् । मतपत्र छपाइको क्रम तीव्र पारिएको छ । आयोगका अनुसार एक करोड ९४ लाख मतपत्र आवश्यक पर्छन् । यसपालि निर्वाचनमा एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । कुल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशिल भनेर वर्गीकरण गरी त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।

नेपाली सेनाको निर्वाचन सुरक्षा

नेपाली सेनाबाट ७१ हजार जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा खटाइएको छ । त्यसमध्ये आवश्यकताका आधारमा तोकिएका क्षेत्रमा सेना खटिइसकेका र अन्य तयारीमा रहेका नेपाली सेनाको जङ्गी अड्डाले जनाएको छ । आजबाट निर्वाचन अयोगमा खडा हुने सेलमा समेत सेना खटिइसकेको छ । सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवाल मतपत्र छपाइस्थलमा सेनाको टोली तैनाथ भइसकेको र मतपत्र ढुवानी तथा मतपेटीका सुरक्षाको जिम्मेवारी पनि सेनाकै रहेको बताउनुहुन्छ । सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिँदै आएको कारागारलगायत महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा समेत सेना खटिइसकेको छ । पहिले नै सेनाले ३४ कारागारको सुरक्षा जिम्मा लिइसकेको थियो । बाँकीको जिम्मा समेत सेनालाई दिइएको छ । विस्फोटक पदार्थ निस्तेज टोलीसमेत तयारी अवस्थामा रहेको र एकीकृत सुरक्षा योजनाअनुसार तथा जिल्ला सुरक्षासमितिको समन्वयमा फौजसँगै खटिने छ ।

ुजुनसुकै ठाउँमा आवश्यक परेको खण्डमा बढीमा ३० मिनेटभित्रमा सेना आइपुग्ने गरी फोर्स तैनाथ रहन्छन्ु, सहायक रथि सिलवालले भन्नुभयो, ुत्यसका अलावा अन्य बाह्य सुरक्षाको जिम्मासमेत सेनाकै छ । उहाँका अनुसार विभिन्न क्षेत्रमा हेलिकप्टरसहितको टोली तयारी राखिने छ । दुर्गममा मतपत्र, मतपेटीका ल्याउनेरलैजाने काम पनि हेलिकप्टरबाटै हुनेछ । गृमन्त्रालयको शुक्रवारको बैठकले निर्वाचनको प्रयोजनार्थ आवश्यक परे निजी हेलिकप्टरको समेत प्रयोग गर्ने निर्णय गरिसकेको छ । अहिले सेनाले सूचना सङ्कलन, मतदानस्थलको रेखी तथा निरीक्षण अध्ययनसमेत गरिरहेको छ । सेनाले सबै सैनिकलाई मानवअधिकार र मानवीय तालिम प्रदान गरी सबैलाई प्रशिक्षितसमेत गरिसकेको छ । स्थानीय सुरक्षा समितिको समन्वयमा निर्वाचन क्षेत्रमा सैनिक थपघट हुनेछन् ।

सशस्त्र प्रहरीको यस्तो छ निर्वाचन केन्द्रित सुरक्षा

सशस्त्र प्रहरी बल नेपालले ३२ हजार जनशक्ति निर्वाचन सुरक्षामा खटाउनेमा आवश्यक क्षेत्रमा यसअघि नै खटाइसकेको छ । त्यसमा मोबाइल गस्ती, स्टाइकिङ टोली समेत पर्छन् । दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतकको सुरक्षा गर्छन् । जिल्ला कमाण्ड पोष्ट, निर्वाचन सेलमा समेत सशस्त्रको टोली खटिनेछ । सशस्त्र अनुगमन टोलीमा समेत सहभागी हुनेछ । सशस्त्रको टोली युनिट रिजर्भमा समेत रहेका सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डीआईजी० विदुर खड्काले जानकारी दिनुभयो । हामीले ३२ हजार सशस्त्र प्रहरी निर्वाचन सुरक्षाका लागि तयार पारेका छौँ, कतिपय खटिइसके, केही जाने तयारीमा छन्ु उहाँले भन्नुभयो,ुआवश्यक क्षेत्रमा, आवश्यक मात्रामा र आवश्यकताअनुसार टोली परिचालन भएका छन् र हुन्छन् ।ु बाहिनीस्तरीय निर्वाचन सुरक्षा अभ्यास सम्पन्न गरी टोली परिचालन भइसकेको उहाँले बताउनुभयो । सशस्त्रको केन्द्रीय निर्वाचन सेल डीआईजीको नेतृत्वमा गठन भएको छ । त्यसले निर्वाचनमा टोली परिचालनको काम गर्नेछ ।

कार्य क्षेत्रमा म्यादी प्रहरी

निर्वाचन प्रयोजनार्थ भर्ना गरिएका एक लाख म्यादी प्रहरी पनि कार्य क्षेत्रमा खटिइसकेका छन् । उनीहरुलाई नेपाल प्रहरीसँगै रहेर काम गर्ने गरी निर्वाचन सुरक्षामा खटाइएको हो । प्रहरी प्रवक्ता केसीका अनुसार चुनावका बेलामा मतदाताको लाइन मिलाउने, अनावश्यक मान्छे छिर्न नदिने, भिडभाड रोक्ने, नेपाल प्रहरीले लगाएरअह्राएको काम गर्ने जिम्मेवारी म्यादी प्रहरीको हो । त्यसअघि निर्वाचन पूर्व हुने आवश्यक तयारी, मतदान अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय क्षेत्र तथा आवश्यक निर्वाचनका गतिवधि सञ्चालन हुने ठाउँका सुरक्षामा म्यादी प्रहरी खटाइएको छ । यसका अलावा राजनीतिक दलका गतिविधि हुने ठाउँ तथा तोकिएका सार्वजनिक क्षेत्रको सुरक्षामा समेत सुरक्षा संयन्त्रले निगरानी बढाउन थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com